सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा गर्‍यो २०० मुद्धाको फैसला

सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा गर्‍यो २०० मुद्धाको फैसला
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बु जिल्ला अदालतले एक आर्थिक वर्षमा कुल मुद्धाको ७७.२२ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०७९/८० मा नयाँ र पुराना गरी २५९ वटा मुद्धामध्ये २०० वटा अर्थात ७७.२२ प्रतिशत फैसला गरेको हो । 

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९३ वटा र ०७९/८० मा दर्ता भएका नयाँ मुद्धा १६६ वटा गरी कुल २५९ वटा मुद्धा रहेको थियो । अदालतले गत आर्थिक वर्षमा १६७ वटा मुद्धा फर्छ्यौको लक्ष्य लिएकोमा ११९ प्रतिशत बढी अर्थात २०० वटा मुद्धा फैसला गर्न सफल भएको श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले बताए। 

५९ वटा मुद्धा भने जिम्मेवारी सरेर चालु आर्थिक वर्ष २०८०/८१ मा आएको उनको भनाई छ । गत आर्थिक वर्षमा देवानी मुद्धा १२५ रहेकोमा ६८ प्रतिशत फैसला भएको छ भने जबरजस्ती करणी ४७ थान रहेकोमा १८ प्रतिशत फैसला भएको श्रेष्तेदार कालाखेतीले बताए। यस्तै सरकारबादी फौजदारी ११० थान मुद्धा रहेकोमा ४२ प्रतिशत र थुनुवा मुद्धा ४ थान बाँकी रहेको जनाइएको छ ।  

विगतमा वर्षौंदेखिको पुराना मुद्धाहरु जिम्मेवारी सरेर आउने गरेकोमा यस आर्थिक वर्षमा २ वर्षभन्दा बढी समयको कुनै पनि मुद्धा नरहेको अदालतले जनाएको छ । अदालतले नयाँसँगै पुराना मुद्धाहरुलाई पनि त्यतिकै महत्त्व दिएर फैसला गरेकाले पुराना मुद्धाहरु कम रहेको जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीलेब बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.