समयमा भुक्तानी नपाएपछि निर्माण व्यवसायी रुष्ट

समयमा भुक्तानी नपाएपछि निर्माण व्यवसायी रुष्ट

हेटौंडा : निर्माण कार्यवापतको भुक्तानी समयमा नपाएको र सरकारी निकायले म्याद थप नगरी ठेक्का सम्झौता गर्दा आफूहरू मर्कामा परेको भन्दै मकवानपुरका निर्माण व्यवसायीहरू रुष्ट भएका छन्। उनीहरूले विभिन्न मागसहित आज सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएका छन्। 

हेटौंडास्थित सडक डिभिजन कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, सहरी विकास तथा भवन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको ध्यानाकर्षण गराइएको निर्माण व्यवसायी संघका कार्यवाहक अध्यक्ष सागर कटुवालले जानकारी दिए। 

‘नेपाल सरकारबाट गत असार २१ गते नेपाल राजपत्रमा म्याद थप सम्बन्धमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ ख बमोजिम बाधा अड्काउ फुकाउनका लागि जारी भएको आदेशले हाल विद्यमान म्याद थप र भुक्तानी समस्या समाधान गर्न नसक्ने हुँदा निर्माण उद्योगको विकास विस्तारमा प्रतिकुल असर पारेको व्यहोरा ध्यानाकर्षण गराउँछौँ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ। 

त्यस्तै संघले अत्यधिक र अप्रत्याशित रूपले भएको मूल्य वृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरू अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने माग राखेको महासचिव राजेन्द्र प्रसाद चौलागाईंले बताए। 

बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गर्नुपर्ने, श्रोतमा कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि करको बाँकी बक्यौता रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गर्नुपर्ने र निर्माण व्यवसायीको हितमा कानूनसमेत आवश्यक संशोधन गर्नुपर्ने संघको माग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.