दाताकै सहयोगमा स्कुल बस खरिद

दाताकै सहयोगमा स्कुल बस खरिद

धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका-६ नाम्जेस्थित ग्रामीण जनता माध्यमिक विद्यालयले स्कुल बस खरिद गरेको छ। दाताहरूको आर्थिक सहयोगमा विद्यालयले बस गरिद गरेको हो। 

टाढाका विद्यार्थीहरूलाई विद्यालय आउन असहज भएपछि रकम संकलन गरेर स्कुल खरिद गरिएको प्रधानाध्यापक टंक भूजेलले बताए। उनका अनुसार विद्यालयमा पढ्न आउने विद्यार्थीहरूले डेढदेखि दुई घण्टासम्म हिड्नुपर्ने बाध्यता थियो। बस सञ्चालन भएसँगै विद्यार्थीको हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। 

बसको भाडा दर सहुलियत राखिएको छ। सवारी चालक र इन्धन खर्चका लागि मात्रै विद्यार्थीसँग सहुलियत दरमा भाडा लिने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर आचार्यले बताए। 

null

एक सय जना दाताहरूले बस खरिदका लागि करिब २७ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। साँगुरीगढी गाउँपालिका-६ भेडेटार निवासी थामेश्वर सुब्वाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, साँगुरीगढी गाउँपालिकाले ५ लाख रुपैयाँ, धरान–५ सुनसरी निवासी के गुरुङले २ लाख रुपैयाँसहित विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षक, विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, स्थानीय बासिन्दा लगायतले आर्थिक सहयोग गरेका हुन्।  

गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई स्कुल बसको उद्घाटन गरे। अध्यक्ष राईले गाउँपालिकाको आन्तरिक स्रोत कम भएकाले धेरै सहयोग गर्न नसक्ने बताए। तर अन्य विद्यालयले पनि दाताहरूबाट स्रोत संकलन गरेको खण्डका गाउँपालिकाको तर्फबाट थोरै भए पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

कार्यक्रममा दिइएको जानकारी अनुसार अहिले स्कुल बसले कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने टाढाका विद्यार्थीहरूलाई सहुलियत शुल्क लिएर सेवा दिइराखेको छ। 

विद्यालय भन्दा टाढा रहेका माल्वासे, झरना, कार्कीछाप, सुनसरीको देवथानबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई सेवा दिइरहेको छ। विद्यालयमा अहिले ३ सय ३६ जना विद्यार्थी अध्ययनरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.