बासस्थानमै चुनौती

बासस्थानमै चुनौती
फाइल तस्बिर।
सुन्नुहोस्

चितवन : बाघ धान्न सक्ने क्षेत्रफल कति हो भन्ने विषयमा सन् २०२० मा चितवन राष्ट्रिय निकुञ्जको चितवन र पर्सा कम्प्लेक्समा १७५ वटा बाघ अटाउने क्षमता रहेको निष्कर्ष थियो। चितवनमा १३६ र पर्सामा २९ वटा मात्रै अट्न सक्ने उक्त अध्ययनको प्रतिवेदनमा उल्लेख छ। अहिले चितवन कम्प्लेक्समा १२८ र पर्सामा ४१ वटा बाघ छन्। बाघको संख्या बढ्दै जाँदा मानव बस्तीमा प्रवेश गर्छ कि भन्ने खतरा पनि छ।

बाघको आहारा र बासस्थानलाई बाघ संरक्षणको चुनौतीको रूपमा लिइएको छ। अब संख्या बढाउनुभन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने देखिएको छ। एउटा क्षेत्रमा एउटा मात्रै भाले रहन्छ। धेरै भए जुध्छन्। तीनै मध्येका केही बाहिर निस्कन्छन्। 

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने विश्वका १३ देशले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने सामूहिक प्रतिबद्धता गरेका थिए। त्यसबेला नेपालमा १ सय ५५ वटा मात्रै बाघ थिए। २ सय ५० पुर्‍याउने लक्ष्य पार गरेर नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो। यही अनुपातमा बाघ बढे बाघको बासस्थान र ब्यवस्थापनमा कठिन हुने खतरा छ। बाघ बढी हुँदा बस्ती छिर्ने खतरा पनि छ। बाघ जुधेर पनि बाहिर निस्कन्छन्। बाहिर निस्कन नदिन घाँसे मैदान, पानी र वासस्थानको सुधारमा गरे बस्ती सुधार गर्नुपर्ने भएको छ। ‘बाघ बढ्नु संरक्षणको पाटोमा खुसीको कुरा हो। तर, यही अनुपातमा बाघ बढे ब्यवस्थापनमा कठिन हुन्छ,’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले भने, ‘अब संख्या होइन ब्यवस्थापन गर्नु मुख्य चुनौती छ।’ 

पर्यावरणको सन्तुलन चक्रमा बाघ सबैभन्दा माथि हुन्छ। अर्थात् पर्यावरणीय सन्तुलनका लागि बाघ अनिवार्य छ। पारिस्थितिक प्रणालीमा बाघ उच्च पिरामिडका रूपमा मानिन्छ। यदि संसारबाट बाघ नै सकिए भने अरू जनावर पनि नहुने विज्ञ बताउँछन्। बाघ जोगाए पारिस्थितीक प्रणाली सन्तुलनमा रहने विज्ञको दाबी छ। ‘बाघ जोगाए इकोसिस्टम जोगिन्छ’ बाघविद् चिरञ्जीवि पोखरेलले भने, ‘बाघ जंगलका लागि होइन इकोसिस्टम बचाउन विश्व नै बाघ संरक्षणमा लागेको छ।’ 

बाघको आहारा प्रजातिका जनावरमध्ये जरायो, चित्तल, रतुवा, लघुना बाँदर र बँदेलजस्ता जनावारको संख्यामा वृद्धि भएर पनि बाघको संख्या बढेको हो। चितवन राष्ट्रिय निकुञ्जमा १० हजार हेक्टर घाँसे मैदान छ। घाँसे मैदान ब्यवस्थापन गर्न सके बाघ बाहिर ननिस्कने विज्ञहरू बताउँछन्। सन् २०२२ मा गरिएको सर्वेक्षणअनुसार प्रति वर्गकिलोमिटर ९९.७४ प्रतिशत आहारा छ। 

नेपालमा सन् १९९५–९६ मा ९३ देखि ९७ वटा वयस्क बाघ रहेको अनुमान थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.