पर्यटकीय गन्तव्यमा पदयात्रा

पर्यटकीय गन्तव्यमा पदयात्रा
सुन्नुहोस्

तानसेन : तानसेनका ग्रामीण क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसारका लागि नगरपालिकाले पदयात्रा अभियान सञ्चालन गरेको छ। नाट्टा पाल्पा, नाट्टा लुम्बिनी र टुरिजम एक्सन कमिटी तानसेनको संयुक्त पहलमा नगरभित्रका नयाँनयाँ पर्यटकीय गन्तव्यको खोजी तथा प्रचारप्रसारका साथै पदयात्रा अभियान सुरु गरिएको हो। 

नयाँ पर्यटकीय गन्तव्यको पहिलो पदयात्रा तानसेनको भगवती मन्दिरदेखि वडा नं १२ को थाम्केडाँडासम्म भएको छ। नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा हरेक किसिमका पर्यटकीय गतिविधिका लागि उपयुक्त स्थान रहेकोले प्रचारप्रसार गरी पर्यटक भित्र्याउन पदयात्रा अभियान सञ्चालन गरिएको बताए। 

टोलीले साउन महिनामा प्रत्येक शनिबार तानसेनका सम्भावित पर्यटकीय स्थलहरूको पैदलयात्रा गर्ने एउटा–एउटा नयाँ गन्तव्यको खोजी गरिने नाट्टाका जिल्ला अध्यक्ष राजीव शाहले बताए। यो अभियानबाट तानसेनका ग्रामीण क्षेत्रका पर्यटकीय स्थलको पहिचान तथा प्रचारप्रसार हुने पर्यटनकर्मी मनमोहन श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.