सगरमाथा क्षेत्र भ्रमणमा आएका २३ विदेशीको मृत्यु, ३ बेपत्ता

सगरमाथा क्षेत्र भ्रमणमा आएका २३ विदेशीको मृत्यु, ३ बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : पर्यटकीय जिल्ला सोलुखुम्बुमा एक आर्थिक वर्षमा झण्डै २ दर्जन विदेशी पर्यटकको ज्यान गएको छ भने ३ जना बेपत्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र भ्रमणमा आएका २३ जना विदेशी पर्यटकको ज्यान गएको र ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक छ । 

ज्यान गुमाउनेमा मेक्सिकोका ५ जना, भारतका ४ जना, फ्रान्स र क्यानडाका २/२ जना, कोरिया, यूके, स्लोभाकिया, जापान, अष्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका १/१ जना रहेका छन् । 

सगरमाथा क्षेत्र भ्रमणमा आएका उनीहरुले विभिन्न समयमा भवितव्यमा परेर ज्यान गुमाएको प्रहरीले जनाएको छ । जसमा ५ जना मेक्सिकन नागरिकहरुले भने हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए । 

अष्ट्रेलिया, मलेसिया र सिंगापुरका १/१ जना गरी ३ जना पर्यटक अझै बेपत्ता रहेको शाहले बताए । उनीहरु बेसक्याम्प क्षेत्रमा गत जेठ ५ गतेदेखि बेपत्ता छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.