‘चिनी कारखाना पुनः सञ्चालन हुन्छ भन्न सकिन्न’

‘चिनी कारखाना पुनः सञ्चालन हुन्छ भन्न सकिन्न’
सुन्नुहोस्

वीरगन्ज : अर्थमन्त्री डा.प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन्। 

शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने, ‘चिनी कारखाना पुनः सञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन। यसका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको छ। यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुंगो लाग्छ।’ 

चिनी कारखाना चलाउँछ भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्ने पनि उनले प्रस्ट पारे। यसअघिका अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको घोषणा गर्दै गत आर्थिक वर्षको बजेटमा २० करोड रुपैयाँ विनियोजन पनि गरेका थिए। 

सोभियत संघको सहयोगमा २०१९ सालमा निर्माण गरी २०२१ सालदेखि सञ्चालनमा ल्याइएको वीरगन्ज चिनी कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ फागुनदेखि बन्द गरेको थियो। अर्थमन्त्री महतले वीरगन्जस्थित कृषि औजार कारखाना मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउनका लागि अर्थ मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि एक करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेको जानकारी पनि गराए। 

केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौताअनुसार अर्थ मन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफूले पाएका मेडलहरू लिलामीमा राखेको पोस्ट सामाजिक सञ्जालमा राखेका छन्। 

त्यही प्रसंगबारे सोधिएको प्रश्नमा अर्थमन्त्री महतले भने, ‘सरकारसँगको सम्झौताअनुसार केन्द्रलाई २५ करोड रुपैयाँ दिने उल्लेख छ। त्यसमध्ये हालका लागि एक करोड रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरिसकेको छ। बाँकी रकम आवश्यकताअनुसार व्यवस्थापन गरिनेछ।’ दुई दशकदेखि बन्द कृषि औजार कारखाना मर्मतसम्भार गरी १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई सरकारले दिएकोे छ। 

फरक प्रसंगमा अर्थमन्त्री महतले एक सय किलो सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे। सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा एमालेले लगाएको आरोप गलत भएको उनले बताए। आफ्नै कारणले त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन समातिएको दाबीसमेत उनले गरे। सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था आफूले नै गरेको र त्यसैका कारण सुन समातिएको जिकिर महतको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.