बैंकको कमजोर लाभांश क्षमता

बैंकको कमजोर लाभांश क्षमता
सुन्नुहोस्

काठमाडौं : वाणिज्य बैंकहरूले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज उठाउन नसक्दा निष्क्रिय कर्जा बढेको छ। निष्क्रिय कर्जा बढ्दै गएकाले बैंकहरूले ऋण नोक्सानी प्रोभिजन (लोन लस प्रोभिजन)मा बढी रकम छुट्ट्याउनु पर्दा आर्थिक वर्ष २०७९/०८० को लाभांश क्षमता घटेको छ। 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा थप १४ अर्ब रुपैयाँ नाफा कमाएका छन्। आर्थिक वर्ष २०७८/०७९ खुद नाफा ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ कमाउन सफल भएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा औसत २५ प्रतिशतले बढी देखिन्छ। अघिल्लो आव २० बैंकको खुद नाफा ५६ अर्ब १७ करोड २४ लाख रुपैयाँ कमाएका थिए। वाणिज्य बैंक गत आवमा २६ भएको ६ वटा घटेर २० मात्रै भएका छन्। ती ६ बैंकको गत आवको नाफामा भने तथ्यांकमा नजोडिँदा अहिलेको नाफासँग तुलना गर्दा करिब २५ प्रतिशत औसत नाफा देखिनु गलत मान्छन् नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी। उनका अनुसार वास्तवमा वाणिज्य बैंकहरूको नाफा वृद्धि करिब ६ प्रतिशतमात्रै हो। 

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका संघका अध्यक्ष केसी भन्छन्, ‘गत वर्षअहिले भएका २० बैंक र मर्ज भएका ६ बैंकको समेत गरेर कुल ६६ अर्ब २५ करोड रुपैयाँ नाफा भएको थियो। यसपटक सबैको जोड्दा ७० अर्ब रुपैयाँ हाराहारीमा कुल नाफा भएको छ। यो भनेको अहिले थप ३ अर्ब ९२ करोड रुपैयाँको मात्रै थप नाफा वृद्धि भएको हो। अर्थात् वास्तवमा नाफावृद्धि ६ प्रतिशतमात्रै भएको छ।’ यसबीच गत वर्ष घटेको बैंकको अघिल्लो आवको नाफा जोडिएको छैन। 

यसपटक समग्र वाणिज्य बैंकहरूले ऋण नोक्सानीको जोखिम भारबापत साढे २५ अर्ब रुपैयाँभन्दा बढी प्रोभिजनिङ गरेको छ। अघिल्लो वर्ष १३ अर्ब रुपैयाँबराबरको प्रोभिजनिङ गरिएको थियो। जबकि यसपटक बेंकिङ प्रणालीमा कर्जा खासै बढेको छैन। बैंकिङ प्रणालीमा ३ प्रतिशतमात्रै कर्जा वृद्धि भएको छ। यसो हुँदा अहिले समग्र अर्थतन्त्रको गतिविधिले बैंकिङ प्रणालीमा प्रभाव परेको अध्यक्ष केसी बताउँछन्। यसर्थ बैंकले अपेक्षा गरेअनुसार खासै नाफा वृद्धि गर्न नसकेको उनको भनाइ छ।

null 

हाल सञ्चालनमा रहेका बैंकमध्ये दुई वटाको नाफा घटेको छ। जसमा कुमारी बैंकको नाफा २४ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँमा सीमित छ भने प्राइम बैंकको नाफा १९ प्रतिशतले घटेर २ अर्ब २६ करोड ३२ लाख रुपैयाँमा मात्रै छ। यसबाहेक बाँकी १८ बैंकको नाफा बढेको छ। सबैभन्दा बढी नाफा कमाउनेमा नबिल अगाडि देखिन्छ। सो बैंकले ७७ प्रतिशतले नाफा वृद्धि गरेर कुल ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ कमाएको छ।

यसपछि दोस्रो बैंकमा ग्लोबल आईएमईले ७ अर्ब २५ करोड ३५ लाख रुपैयाँ नाफा गरेको छ। यससँगै, क्रमशः राष्ट्रिय वाणिज्यले ४ अर्ब ९१ करोड ७२ लाख, एनआईसी एसियाले ४ अर्ब ६५ करोड १३ लाख, नेपाल इन्भेस्टमेन्ट मेगाले ४ अर्ब २९ करोड ६६ लाख रुपैयाँ नाफा गरेका छन्। वित्तीय प्रतिवेदनअनुसार ३ अर्बभन्दा बढी नाफा कमाउनेमा ७ वटा, २ अर्बभन्दा माथि नाफा कमाउनेमा ६ बैंक छन्। यस्तै, एक अर्बभन्दा बढी नाफा कमाउनेमा २ बैंक रहेका छन्।

बैंकको लाभांश दिने क्षमतामा कमी

बैंकहरूको लाभांश दिने क्षमतामा धेरै कमी आएको छ। नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ«े बैंकका सीईओ सन्तोष कोइराला अहिले बैंकहरूको लाभांश बाँड्ने क्षमतामा धेरै ह्रास आएको बताउँछन्। बैंकहरूको खराब कर्जा बढ्दा वितरणयोग्य नाफा कम भएको गुनासो गर्छन्। उनी भन्छन्, ‘दुई बैंकको लाभांश क्षमता ऋणात्मक छ। आधा दर्जनको लाभांश क्षमता घट्यो। अहिले बैंकहरू अप्ठेरोमा छन्।’ 

आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रतिवेदनअनुसार १० बैंकले लगानीकर्तालाई १० प्रतिशतभन्दा कम लाभांशमात्रै दिने क्षमतामा छन्। सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेस्ट बैंकको देखिन्छ। यसले गत वर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई ४१ प्रतिशत लाभांश क्षमता बनाएको छ। यसपछि एनआईसी एसियाले ३२ प्रतिशत लाभांश दिने क्षमता राखेको छ। तर सो बैंकले पुँजीकोष अनुपात नपुगेकाले गर्दा अघिल्लो वर्षको नाफाबाट गत वर्ष लाभांश दिन पाएको थिएन। यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट २९, माछापुच्छ्रे बैंकले १५, नबिल बैंकको लाभांश क्षमता १५ प्रतिशत छ। सबैभन्दा कम प्राइम बैंकले १, प्रभु बैंकले ०.६४ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ०.४६ प्रतिशत लाभांश दिने क्षमता राख्छन्। 

निष्क्रिय कर्जा औसत २.६७ %

वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ। अर्थतन्त्रमा मन्दी आएकाले व्यवसाय नफस्टाउँदा एनपीएल घट्न गएको हो। अर्थतन्त्रमा सुस्तता आएकाले अधिकांश व्यवसायीले साँवा ब्याज तिर्न नसकेको एफएनसीसीआईका पूर्वअध्यक्ष भवानी राणा बताउँछिन्। बजारमा माग नहुँदा व्यवसायमा परेको असरले बेैंकको ऋण तिर्न नसकेको उनको भनाइ छ। जसको असर बैंंकको तथ्यांकमा देखिन्छ। यसले खराब कर्जाको आकार अघिल्लो आवको भन्दा दोब्बर भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा औसत १.१५ प्रतिशत भएको एनपीएल बढेर गत आवमा २.६७ प्रतिशत पुगेको छ। जसमा १.२० प्रतिशत रहेको बैंकहरूको खराब कर्जा १.२३ प्रतिशत बिन्दुले बढेर २.७० प्रतिशत पुगेको देखिन्छ। यसबीच पाँच वाणिज्य बैंकको खराब कर्जामात्रै चार प्रतिशतभन्दा माथि छ। सबैभन्दा बढी कुमारीको खराब कर्जा बढेर गत वर्ष ४.७७ प्रतिशत पुगेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगाको खराब कर्जा १.४९ बाट बढेर ४.३५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।  सिटिजन्स र ग्लोबल आईएमईको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.