बाढी र पहिरोले पोल बगाउँदा सिन्धुलीमा विद्युत सेवा अवरुद्ध

बाढी र पहिरोले पोल बगाउँदा सिन्धुलीमा विद्युत सेवा अवरुद्ध
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिन्धुली : बाढी र पहिरोले पोल बगाउँदा सिन्धुलीमा विद्युत सेवा अवरुद्ध भएको छ ।  सोमबार बेलुकादेखि परेको वर्षातका कारण आएको बाढी र पहिरोले तार र पोल बगाउँदा सिन्धुलीको माढीबजार,घ्याङलेख, मरिण, सुनकोसी, हरिहरपुरगढी, तिनपाटन र दुधौलीमा विद्युत सेवा अवरुद्ध भएको हो । 

नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक इन्जिनियर लालबहादुर लामाका अनुसार मंगलबार बिहानैदेखि विद्युत अवरुद्ध भएको हो । जिल्लामा दुई दर्जन बढी पोल र तार बाढीले बगाएको छ । 

कमलामाई नगरपालिका ५ रानिखोलामा मेन लाइनसहित चारवटा पोल ढलेको छ । वडा नम्बर ६, वडा नम्बर ७ को हिलेभन्ज्याङमा पनि पोल ढल्दा विद्युत अवरुद्ध छ । तिनपाटन गाउँपालिकाको भिमस्थान र वडा नम्बर ८ मा पनि क्षति पुगेको लामाले बताए । 

कमलामाई नगरपालिका २ बुक्तीखट्टारमा पोल बगाउँदा सिंगो घ्याङलेख गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । मरिण गाउँपालिकामा ३३ केभीए लाइनको मेन पोलमा क्षति पुग्दा मरिण र हरिहरपुरगढी गाउँपालिकामा विद्युत सेवा मंगलबार बिहानैदेखि अवरुद्ध छ । 

दुधौली नगरपालिकाको झुँगा र अरूण ठाकुरमा पनि बिजुलीको पोलमा क्षति पुगेको छ।  सुनकोशीको मझुवा, वालुवाङ र दुम्जामा तार र पोलमा पहिरोले क्षति पुर्‍याएको छ । अवरुद्ध विद्युत सेवा सञ्चालनका लागि मर्मतको कार्य भइरहेको बताइएको छ ।

 घ्याङलेखमा विद्युत सुचारू गर्न अझै केही दिन लाग्ने बताइएको छ । वर्षा लगातार भइरहेकाले मर्मतको कार्यमा कठिनाइ भएको लामाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.