धनुषामा खोलामा आएको बाढीमा डुबेर एक युवकको मृत्यु

धनुषामा खोलामा आएको बाढीमा डुबेर एक युवकको मृत्यु
खोलामा डुबेका युवकको उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय।
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा खोलामा आएको बाढीमा डुबेर एक बालकको मृत्यु भएको छ।

धनुषाको मिथिला नगरपालिका–२ स्थित बसही खोलामा आएको बाढीमा डुबेर मिथिला नगरपालिका–१ आनन्दपुरका अन्दाजी १७ वर्षीय अजय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान शौच गर्न खोला किनारमा पुगेका यादव चिप्लेर खोलामा डुबेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए। 

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्‍याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.