सोलुखुम्बुमा पनि आँखा पाक्ने रोगका बिरामी बढ्दै

सोलुखुम्बुमा पनि आँखा पाक्ने रोगका बिरामी बढ्दै
सुन्नुहोस्

सोलुखुम्बु : देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग सोलुखुम्बुमा पनि देखा परेको छ। जिल्ला बाहिरबाट आएका व्यक्तिमा आँखा पाक्ने रोग देखिन थालेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले जनाएको छ । 

केन्द्रका आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईका अनुसार पछिल्लो केहि दिनयता दैनिक ५/७ जनासम्म आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । जसमा काठमाडौं तथा अन्यत्रबाट जिल्ला भित्रिएका व्यक्तिहरु बढी रहेको राईले बताए । 

यो रोग तीव्र रुपमा फैलने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । गर्मीमा बढी फैलने आँखा पाक्ने रोगका भाइरस चिसोमा पनि बाच्न सक्ने भएकाले सावधानी अपनाउन आँखा स्वास्थ्य कार्यकर्ता राईको भनाइ छ । यो रोगका कारण सुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्षण देखिने चिकित्सकले बताएका छन् । 

सरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्नसक्ने हुँदा विशेष सतर्कता अपनाउन राईको सुझाव छ । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने गरेको छ ।

आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने वित्तिकै आफूखुशी औषधि किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव विना औषधि प्रयोग नगर्न समेत आँखा केन्द्रले आग्रह गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.