धरानमा भयावह बन्दै डेंगु : ११ जनाको मृत्यु, बिरामीले अस्पताल भरिए

धरानमा भयावह बन्दै डेंगु : ११ जनाको मृत्यु, बिरामीले अस्पताल भरिए
धरान-१३ नम्बर वडा कार्यालयमा डेंगु संक्रमितको निःशुल्क उपचार गरिँदै । तस्बिर : रत्नप्रसाद आचार्य

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु संक्रमणको भयावह अवस्था सिर्जना भएको छ। धरानमा डेंगुकै कारण ११ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमण नियन्त्रण बाहिर गइसकेको छ। सुनसरीको इटहरी, रामधुनी र इनरुवामा समेत डेंगु संक्रमण फैलिएको हो । 

यहाँ धरानमा जस्तो भयाभह स्थित भने यहाँ छैन् । डेंगु संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र नीजि मेडिकल बरामीले खचाखच भरिएका छन् ।

अस्पतालमा समेत बेड अभाव हुन थालेपछि धरान १३ नम्बर वडा कार्यालय र सुनसरी एदोग बाणिज्य संघले छुट्टै डेंगु संक्रमितको निःशुल्क उपचार सेवा सुरु गरेका छन् । वडाअध्यक्ष नेत्र काफ्लेले बिरामीले अस्पताल भरिभराउ भएपछि वडाबासीको उपचारलाई मध्यनजर गर्दै वडा कार्यालयमै उपचार सेवा सुचारु गरिएको बताए । 

सुनसरी उद्योग बाणिज्य संघले पनि आफ्नो कार्यालयमा डेंगु संक्रमित बिरामीको उपचारलाई सहज बनाउन कार्यालयमै अथायी क्लिनिक सञ्चालन गरि उपचार सेवा सञ्‍चालन गरेको बरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठले बताएका छन् ।

संघका सदस्य शैलेश आचार्यले बाणिज्य संघको हलमा दैनिक ५० जना बिरामीको निःशुल्क उपचार गर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए। धरानका अधिकांश घरका सबै परिवार डेंगुबाट संक्रमित भएका छन् । दैनिक डेंगु संक्रमितको संख्या बढिरहेको अवस्थामा समेत धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको ठोस पहल गर्न नसकेको स्थानीयको गुनासो छ । 

धरानमा ३० हजार बढि सर्वसाधारण डेंगु संक्रमित भएका छन् । प्रत्येक घरमा सबैजसो सदस्यलाई डेंगु संक्रमणको भाइरसले थला पारेको धरान १६ का भुपाल साम्पाङ राईले बताए । उनले  धरान उपमहानगरपालिकानले डेंगु नियन्त्रणमा गम्भीर नहुदा आफ्नो परिवारका सबै सदस्य डेंगुबाट पीडित हुनुपरेको गुनासो पोखे।

डेंगु संक्रमित बिरामीको संख्या वृद्धि भएपछि बीपी प्रतिष्ठानले छुट्टै डेंगु अस्पताल सञ्चालन गरि उपचारलाई सहज बनाइएको प्रतिष्ठानका उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले बताए । उनले प्रतिष्ठानको आकस्मिक कक्ष र मेडिसन वार्डमा पनि डेंगु संक्रमित बिरामी भर्ना गरी उपचार सेवा दिइरहेको बताए।

धरानमा दैनिक ५ सय बिरामी डेंगु संक्रमणबाट पीडित हुने गरेका छन् । तर उपमहानगरपालिकाले डेंगु संक्रमितको यकिन संख्या समेत पत्ता लगाउन सकेको छैन् । उपमहानगरले बीपी प्रतिष्ठानमा परिक्षण गरेर संक्रमित हुनेहरुको संख्यालाई आधार मानेर संक्रमितको संख्या उल्लेख गर्ने गरेको छ । 

तर, विजयपुर हस्पिटल र धरानका ५० भन्दा बढि नीजि मेडिकलमा परीक्षण गरेका डेंगु संक्रमितको तथ्यांक उपमहानगरले संकलन गर्न सकेको छैन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले डेंगु संक्रमित लामखुट्टे मार्न र लार्भा नष्ट गर्न प्रत्येक टोल टोलमा जनशक्ति परिचालन गरिएको भएपनि डेंगु नियन्त्रण गर्न नसकिएको बताए । उनले सबै नीजि मेडिकल र अस्पतालमा भएका संक्रमितहरुको संख्या माग गरिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.