प्रकृतिको ‘पाँचौं फोर्स’ पत्ता लाग्दै

प्रकृतिको ‘पाँचौं फोर्स’ पत्ता लाग्दै
सुन्नुहोस्

एजेन्सी : भौतिक विज्ञानमा नयाँ क्रान्ति हुन लागेको वैज्ञानिकहरू बताउँछन्। उनीहरूका अनुसार भौतिकशास्त्रीहरू पाँचौं फोर्स (बल) पत्ता लगाउन नजिक पुगेका छन्। हालसम्म गुरुत्वाकर्षण, विद्युत् चुम्बकत्व, दुई वटा आणविक बल (बलियो बल र कमजोर बल) गरी बाह्म्णमा चार वटा अस्तित्वमा छन्। वैज्ञानिकका अनुसार, ती चार बलबीचको अन्तक्रियाले ब्रह्माण्डलाई नियन्त्रण गरिरहेको छ। वैज्ञानिकहरूका अनुसार सब एटोमिक पार्टिकल (उप–परमाणिक कण जसलाई म्युन्स भनिन्छ)ले पुरानो तरिकाले काम गरिरहेको छैन। वैज्ञानिकहरू नै म्युनहरूमा अज्ञात शक्तिले काम गरिरहेको हुन सक्ने बताउँछन्। 

उनीहरूको भनाइमा यसले भौतिक विज्ञानमा नयाँ क्रान्तिको सुरुवात गर्न सक्छ। सन् २०२१ मा नै फर्मिलाब टोलीले पहिलो पटक प्रकृतिको पाँचौं बलको सम्भावनाको सुझाव दिएको थियो। त्यसपछि पनि लगातार अनुसन्धान टोलीले थप डाटा संकलन गरिरहेको छ। थप प्राप्त डाटाको आधारमा पनि पाँचौं बल पत्ता लाग्ने सम्भावना बढेको वैज्ञानिकहरू बताउँछन्। फर्मी ल्याबका वरिष्ठ वैज्ञानिक डा. ब्रेन्डन क्यासे भन्छन्, ‘हामी साँच्चै नयाँ क्षेत्र जाँच गर्दैछौं। यो मापनले पहिलेदेखिको भन्दा राम्रो परिशुद्धतामा निर्धारण गर्छ।’

पाँचौं बलको सन्र्दभमा प्रमाण बलियो भए पनि फर्मिलाब टोलीले अहिलेसम्म ठोस प्रमाण पाउन सकेको छैन। उनीहरूले अहिलेसम्ममा पाँचांै बल पत्ता लागिसक्ने आंकलन गरेका थिए। तर, त्यो पूरा भएको छैन। उनीहरू यसलाई पत्ता लागेरै छोड्ने बताउँछन्। फर्मी ल्याब भन्छन्, ‘यसको परिणामहरूको अर्को सेट सिद्धान्त र प्रयोगबीचको अन्तिम शो डाउन हुनेछ जसले नयाँ कण वा बलहरू उजागर गर्न सक्छ।’

जी म्युनस २ (जी–२) ले आफ्नो १५ मिटर व्यासको घेरा वरिपरि म्युन्स भनिने उप–परमाणविक कणहरूलाई गति दिन्छ। जहाँ तिनीहरू प्रकाशको गतिमा लगभग सय पटक परिक्रमा गर्छन्। यी म्युनहरूले विद्यमान मानक मोडेलका अनुसार काम गरिरहेका छैनन्। वैज्ञानिकका अनुसार यिनीहरूले प्रकृतिको नयाँ शक्तिको प्रभावको कारणले गर्दा हालको सिद्धान्तद्वारा व्याख्या गर्न नसकिने तरिकामा व्यवहार गरिरहेको हुन सक्छ।

म्युनहरू इलेक्ट्रोनहरूसँग मिल्दोजुल्दो छन् जसले परमाणुहरूलाई परिक्रमा गर्छ र विद्युतीय प्रवाहहरूको लागि जिम्मेवार हुन्छ। तर, तिनीहरू लगभग दुई सय गुणा ठूलो हुन्छन्। प्रयोगमा तिनीहरूलाई शक्तिशाली, सुपरकन्डक्टिङ चुम्बकहरू प्रयोग गरेर डगमगाउन बनाइएको थियो। म्युनहरू मानक मोडेलले भनिएको भन्दा छिटो डगमगाउँछन्। लिभरपुल युनिभर्सिटीका प्रोफेसर ग्राजियानो भेनान्जोनी, जो यस परियोजनाका प्रमुख अनुसन्धानकर्ताहरूमध्ये एक हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.