साउने भेलमा सोलुखोलामा अवैध उत्खनन, डोजर चालक फरार

साउने भेलमा सोलुखोलामा अवैध उत्खनन, डोजर चालक फरार
सुन्नुहोस्

बस्नेतले सोलुदुधकुण्ड नगरपालिका ४ बोल्दोका बुलु तामाङसँग वार्षिक रुपमा भाडामा लिएको जमिनाको नाममा खोलामा अवैध उत्खनन गरेको पाइएको हो।

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ बोल्दो स्थित सोलुखोलामा नदीजन्य पदार्थ अवैध उत्खनन भइरहेको पाइएको छ। नदीजन्य पदार्थ उत्खनन ऐन विपरीत वर्षातको समयमा अवैध उत्खनन भइरहेको तथ्य फेला पारेको हो। 

सो विषयमा सञ्चारकर्मी स्थलगत रिपोर्टिङमा पुगेपछि डोजर चालक कार्यक्षेत्रमै मेसिन छोडेर फरार भएका छन्। उक्त अवैध उत्खनन कार्य सोलुदुकुण्ड नगरपालिका ११ तिङ्ला घइ हाल सल्लेरी नयाँ बजारमा बस्दै आएका दिलकुमार बस्नेतले गरेको खुल्न आएको छ। 

बस्नेतले सोलुदुधकुण्ड नगरपालिका ४ बोल्दोका बुलु तामाङसँग वार्षिक रुपमा भाडामा लिएको जमिनाको नाममा खोलामा अवैध उत्खनन गरेको पाइएको हो। उत्खननमा प्रयोग भएको डोजर प्रहरी र सोलुदुधकुण्ड नगरपालिका ४ को कार्यालयले नियन्त्रणमा लिएको छ भने चालक अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। 

असार, साउन र भदौमा बाढी पहिरो जान सक्ने भएकाले नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नोपाल सरकारको नदीजन्य पदार्थ उत्खन्न ऐनमा उल्लेख छ तर व्यवसायी बस्नेतले भने ऐनलाई नै ठाँडो चुनौती दिदै खोलाबाट डोजर लगाएर धमाधम उत्खनन गरिरहेका छन्। 

सोलुदुधकुण्ड नगरपालिकाले समेत सुचना नै जारी गरेर वर्षातको समयमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। तर बस्नेतले भने नियमको उल्लंघन गर्दै गैरकानुनी काम गरेको पाइएको सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङले बताए। 

नियमको खिल्ली उडाउँदै खोला भित्रैबाट उत्खनन गरेकाले कारबाही प्रकृया अघि बढ्ने वडाध्यक्ष तामाङले बताए। सो विषयमा आइतबार थप छलफल गरी कानुनी कारबाही प्रकृया अघि बढाइने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए। नदिजन्य पदार्थ उत्खनन ऐन विपरितका कार्य भएकाले कारबाही हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.