म्यानेजमेन्ट स्कलर्स म्याग्जिनको आठौँ अकं विमोचन

म्यानेजमेन्ट स्कलर्स म्याग्जिनको आठौँ अकं विमोचन

काठमाडौं : कान्तिपुर सिटी कलेजको व्यवस्थापन संकायले प्रकाशन गरेको म्यानेजमेन्ट स्कलर्स म्याग्जिनको आठौँ अकं विमोचन गरिएको छ। 

शनिबार कलेजको सभाहलमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, आमसञ्चार तथा व्यवस्थापन विज्ञ प्रो रामा कृष्ण रेग्मी, कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक प्रहलाद कार्की तथा प्रिसिन्पल राजु कट्टेलले संयुक्त रूपमा विमोजन गरेका हुन्। 

बीबीए शैक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीको व्यवस्थापन तथा लेखन सिप बढाउने उद्देश्यले प्रत्येक वर्ष म्याग्जिन प्रकाशित हुने गरेको व्यवस्थापन संकाय प्रमुख पूजा पोखरेलले बताइन्। 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा कोइरालाले नयाँ जिम्मेवारी सम्हाल्ने विद्यार्थीलाई  म्याग्जिनले सकरात्मक आशा देखाएको बताए। साथै उनले केही प्राप्त गर्न संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरे। 

आमसञ्चार तथा व्यवस्थापन विज्ञ रेग्मीले अर्को वर्ष प्रकाशन हुने म्याग्जिन राष्ट्रिय योजना आयोगका लागि सुझाव हुनुपर्ने बताए। 

कान्तिपुर सिटी कलेजले व्यवस्थापनमा सक्षम जनशक्ति उत्पादन गरेको र देश विदेशमा योगदान गरिरहेको प्रबन्ध निर्देशक कार्कीको भनाइ थियो।  

त्यसैगरी कान्तिुर सिटी कलेजका प्रिसिन्पल कट्टेलले विद्यार्थीको मिहिनेत, रचनात्मक प्रयासलाई सधै सहयोग गर्ने र आगामी दिनमा पनि निरन्तरता दिइराख्न सल्लाह दिए। 

सन् २००५ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई कलेजले व्यवस्थापन विषयको स्नातक तहमा अध्यापन गराउँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.