सोलुखुम्बुको सवारी आवगमनमा सिस्नेरी पहिरो बाधक

सोलुखुम्बुको सवारी आवगमनमा सिस्नेरी पहिरो बाधक
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सोलुखुम्बु : स्थलमार्गबाट पर्यटकीय जिल्ला सोलुखुम्बु भित्रिने तथा बाहिरिने एक मात्र नाका साल्मेस्थित सिस्नेरी पहिरोका कारण बारम्बर अवरुद्ध हुने गरेको छ । लगातारको वर्षासँगै ओखलढुङ्गा–सल्लेरी सडक अन्तर्गत सिस्नेरीमा निरन्तर गइरहने पहिरोले सवारी साधनहरु दैनिकजसो नै फस्ने गरेका छन् । 

लगातारको वर्षातले निरन्तर पहिरो खस्न थालेपछि यातायातका साधन अवरुद्ध हुने गरेका छन् भने खुलेको समयमा पनि माथिबाट खस्ने पहिरोको जोखिम रहेको चालक बताउँछन् । पानी पर्नासाथ माथिबाट झर्ने पहिरोको कारण घण्टौँ सडक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सो क्षेत्रको सडक यस वर्ष मात्रै दर्जनौं पटक अवरुद्ध भइसकेको प्रहरीको भनाईइ छ । पानी पर्नासाथ सडकमार्ग बन्द भएपछि जिल्ला सदरमुकाम भित्रिने तथा बाहिरिने सवारी साधन अलपत्र पर्ने गरेका छन् । जिल्लाबाट काठमाडौं,विराटनगर तथा छिमेकी जिल्लाका लागि छुटेका र सदरमुकाम आउँदै गरेका मालवाहक तथा यात्रुवाहक सवारी साधनहरू दैनिक घण्टौं रोकिने गरेको सवारी चालक लक्ष्मण घतानीले बताए ।

जिल्ला आउने एक मात्र सडकमार्ग भएकाले यहाँ स्वदेशी नागरिकका साथै सगरमाथा क्षेत्र आउने विदेशी पर्यटकले समेत यहि सडक हुँदै यात्रा गर्ने गर्दछन् । लगातारको पहिरोले सडकको मर्मत सम्भार तथा स्तरोउन्ती गर्ने जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय हर्कपुर समेत यो कार्यबाट दिक्क भएको एक कर्मचारीले बताएका छन् । 

सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन कार्यालय हर्कपुर र हाइड्रोपारसँग समन्वय गरेर स्काभेटर तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । सडक बारम्बर अवरुद्ध भइरहने भएकाले खुलान तथा समन्वयका लागि सो क्षेत्रमा प्रहरी समेत तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.