स्थानीय सरकारको कार्यालयमै छैन सुरक्षित स्तनपान कक्ष

स्थानीय सरकारको कार्यालयमै छैन सुरक्षित स्तनपान कक्ष
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बुको ५ वटा स्थानीय तहको कार्यालयमा नै सुरक्षित स्तनपान कक्षविहीन भएको पाइएको छ। जिल्लाको ८ स्थानीय तहमध्ये नेचासल्यान गाउँपालिका, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सोताङ गाउँपालिका, लिखुपिके गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सुरक्षित स्तनपान कक्ष नभएको पाइएको हो। 

सरकारी, गैरसरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने कुरा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ। तर यहाँको ५ वटा पालिकाको कार्यालयमा स्तनपान कक्ष नै छैन।

सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र माप्यदुधकोशी गाउँपालिकामा मात्रै स्तनपान कक्ष भएको जनाइएको छ। अन्य स्थानीय तहहरुले भने सुरक्षित स्तनपान कक्ष निर्माणमा ध्यान नै नदिएको महिला अधिकारकर्मी बताउँछन्। महिलाको सहजतालाई ख्याल गर्न स्थानीय सरकार आफैं चुक्दा अन्य कार्यालयको अवस्था झन् दयनीय रहेको उनीहरु बताउँछन्। 

सरकारी वा निजी संस्थाले अनिवार्य स्तनपान कक्ष राख्नुपर्ने कानुनी व्यवस्था भएपनि यहाँका अधिकांश सरकारी कार्यालयहरुमा सुरक्षित स्तनपान कक्ष छैन भने स्थानीय सरकारले समेत त्यसतर्फ ध्यान दिन सकेको छैन। जसका कारण सुरक्षित स्तनपानका लागि आमाहरुलाई समस्या हुने गरेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.