उडानसम्बन्धी नियम प्राधिकरणले सच्यायो, अब अतिरिक्त समयमा पनि उडान भर्ने

उडानसम्बन्धी नियम प्राधिकरणले सच्यायो, अब अतिरिक्त समयमा पनि उडान भर्ने
सुन्नुहोस्

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानसम्बन्धी यसअघि गरेको निर्णय सच्चाएको छ। 

प्राधिकरणले हवाई सुरक्षालाई मध्यनजर गर्दै दिउँसो १२ पछि पहाडी क्षेत्रमा उडान गर्न नपाउने निर्णय गरेको थियो। यसअघि भएका सबै निर्णय खारेज भएको र नयाँ व्यवस्था लागु भएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। 

यो नियम आन्तरिक वायुयान सञ्चालन गर्ने वायुसेवा तथा हेलिकोप्टरको हकमा लागू हुनेछ। यसअघिको निर्णयबाट प्राधिकरणा पछि हटेको हो।  

प्राधिकरणले बिहीबार निकालेको विज्ञप्तिमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी(भीजीबीलीटी एण्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) कायम भएको सुनिश्चितता पछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने उल्लेख छ। 

भीएमसी भनेको मौसम सफा भए/नभएको जानकारी हो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई व्यवसाय नै जोखिममा पार्ने गरी उडान सम्बन्धी नयाँ नियम ल्याएका थिए। उक्त नियमको चौतर्फी विरोध भएपछि उनी सो निर्णयबाट पछि हटेका हुन्। 

यसअघिको निर्णयले पहाडी जिल्लामा बिरामीहरूको उद्धार नहुँदा उनीहरूको ज्यानै जोखिममा पर्ने अवस्था थियो। बुधबार कर्णाली प्रदेशका सरोकारवालाहरूले पर्यटन मन्त्री सुदन किराँती र महानिर्देशक अधिकारीसँग सघन छलफल गरेका थिए। उक्त छलफलमा  महानिर्देशक अधिकारीको चर्को आलोचना भएको थियो। कर्णालीवासीको समस्या सुनेपछि मन्त्री किराँतीले तीन दिनभित्रमा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। 

उनले आफ्नो प्रतिबद्धता अनुसार तत्काल पुरानो नियम खारेज गर्न महानिर्देशक अधिकारीलाई निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि महानिर्देशक अधिकारी आफ्नो पुरानो निर्णय सच्चाउन तयार भएका हुन्। त्यसअघि कर्णालीका सरोकारवालाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गुनासो गरेका थिए। नियमित उडानको माग गर्दै नेकपा एमालेले कर्णाली प्रदेशसभा समेत अवरुद्ध गरेको थियो।

यसअघि प्राधिकरणले हवाइ सुरक्षाको कारण देखाउँदै आउँदो सेप्टेम्बरसम्म पहाडी जिल्लाका अतिरिक्त उडानहरू बन्द गरेको थियो। साथै हेलिकप्टरहरूलाई पनि उद्धार उडान, सामान ढुवानी लगायतको उडानमा रोक लगाएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.