राप्रपा अध्यक्ष लिङ्देन साउदी आउँदै

राप्रपा अध्यक्ष लिङ्देन साउदी आउँदै
सुन्नुहोस्

साउदी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरेबिया आउने भएका छन्। भातृसंगठन प्रवासी नेपाली एकता समाज पानसको वार्षिक उत्सवमा सहभागी हुन साउदी आउन लागेका हुन्। उनले साउदीका नेपाली श्रमिकसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ। 

आयोजकका अनुसार कार्यक्रम आउँदो २५ अगस्ट २०२३ (भदौ ८) गते साउदीको रियादमा कार्यक्रम हुन लागेको जानकारी दिएको छ। अध्यक्ष लिङ्देन सहभागी हुने कार्यक्रमको तयारी पूरा भएको प्रवासी नेपाली एकता समाजका अध्यक्ष कुबेर हुमागाईंले जानकारी दिए। 

उनका अनुसार अध्यक्ष लिङ्देनसहित प्रवास विभाग प्रमुख आनन्द अधिकारीसमेत साउदी आउन लागेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.