बोरामा बच्चा राखेर भारत लैजाँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ

बोरामा बच्चा राखेर भारत लैजाँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ

सिमराः बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

देवताल गाउँपालिका ३ स्थित अमुवाबाट बच्चा चोरी गरी भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पूर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत-४ आधापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिएको हो। 

आमलमले अमुवाका शिवपुजन महतोका नौ महिनाकी छोरी लक्ष्मी र प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमारलाई बोरामा लुकाएर भारत लैजाँदै गरेका थिए। बोराभित्र बच्चा रोइरहेको आवाज सुनेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटरअन्तर्गतको दक्षिणझिट्कैया बीओपीका सशस्त्र प्रहरीको टोलीले आलमलाई नियन्त्रणमा लिएका हुन्। 

बच्चाको रोएको आवाज सुनेपछि सशस्त्र प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठको नेतृत्वमा रहेको टोलीले बोरा खोलेर हेर्दा बच्चा भेटिएको र तत्कालै आलमलाई नियन्त्रणमा लिएको हो। 

बोराभित्रबाट उद्धार गरिएका बच्चालाई अभिभावक पहिचान गरी जिम्मा लगाइएको र आलमलाई देवापुरस्थित प्रहरी चौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक टोबहादुर डांगीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.