सुतिरहेको ठाउँमा आमा र दुई छोरालाई छुरा प्रहार गरी मोबाइल चोरी

सुतिरहेको ठाउँमा आमा र दुई छोरालाई छुरा प्रहार गरी मोबाइल चोरी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बझाङ : बझाङ सदरमुकाम चैनपुरमा गए राति सुतिरहेका आमा र दुई छोरामाथि अज्ञात व्यक्तिद्वारा छुरा प्रहार भएको छ । सुर्मा गाउँपालिका ३ घर भइ हाल सदरमुकाम चैनपुरस्थित सुर्माटोलमा कोठा भाडामा लिएर बसिरहेका कलक बिक ‘चौगाईँ’ का श्रीमती २७ वर्षीया सुनिता बिक, छोराहरु ७ वर्षीय आदित्य बिक र ४ वर्षीय आबेल बिकमाथि चक्कु प्रहार भएको हो । 

घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

कलक बिक काम परेर काठमाडौंमा रहेका बेला मुखमा मास्क लगाएर मध्यराति कोठाभित्र छिरेका अज्ञात व्यक्तिले उनकी श्रीमती र दुई छोरालाई चक्कु प्रहार गरी एउटा मोबाइल लुटेर लगेको पीडितको भनाइ छ । ‘आक्रमणकारीले आफ्नो पहिचान लुकाउन मास्क लगाएका थिए । सुतिरहेका बेला सबैलाई चक्कु प्रहार गर्दै मोबाइल लुटेर लगे ’, घाइते श्रीमतीलाई उद्धृत गर्दै विकले भने ।

‘चैनपुरजस्तो सानो बजारमा पनि मान्छेहरु घरभित्र असुरक्षित हुने कुराले सबै टोलबासी त्रसित भएका छन् । मेरो व्यक्तिगत कोहीसँग पनि केही दुश्मनी छैन । यदि मेरो ब्यवहारबाट कसैलाई केही चोट परेको छ भने कृपया मसँग कुरा गर्न सकिन्छ, परिवासँग नलाग्न विनम्र अनुरोध गर्दछु', बिकले समाजिक सञ्जालमा लेखेका छन्, ' म अहिले कामको शिलशिलामा काठमाडौं रहेकाले  बालबच्चाहरु सुतेको अवस्थामा यो घटना घटेको छ । अपराधीलाई चाडोभन्दा चाँडो खोजी गरि कानुनी दायरामा ल्याएर कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बझाङलाई अनुरोध गर्दछु ।'

घटना घटेको केहिबेरदेखि आफूसहितको टोली अनुसन्धानमै रहेको डिएसपी तथा बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीले बताए । डिएसपी भण्डारीका अनुसार आक्रमणमा प्रयोग भएको चक्कु बिककै भान्साकै रहेको पाइएको छ । ‘घटना शंकास्पद रहेकाले हामी गहिरिएर अनुसन्धान गरिरहेका छौं', डिएसपी भण्डारीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.