दिलासा र रेहाना फाइनलमा
छात्रमा सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसँग १५–२१, २१–१४, १८–२१ ले पराजित भए। यू–१७ महिलामा रोजी राई श्रीलंकाकी रनुमी मनागेसँग १६–२१, २१–१८, १५–२१ ले पराजित भइन्। पुरुषको भिडन्तमा कविर केसी श्रीलंकाका थिदासा वेरागोडासँग १२–२१, १९–२१ ले पराजित भए।
काठमाडौं : नेपालका दिलासा राना र रिहाना शेरचनको जोडी दक्षिण एसिया क्षेत्रीय जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। राना र शेरचनको जोडीले यू–१५ छात्रा डबल्समा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमोदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
यू–१५ को प्रतिस्पर्धामा नै टिसारानी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसंग ८–२१, ७–२१ ले पराजित भएका थिए। यही समूहको पुरुषमा सुदेश राजकोटी र शिशिर रानाको जोडी बंगालादेशका मोस्तकी होसेन र वाली उल्लाहको जोडीसँग ९–२१, १२–२१ ले पराजित भए। यू–१५ छात्रा एकलतर्फ टिशारानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसँग ४–२१, १४–२१ ले पराजित भइन् भने दिलाशा रानाले श्रीलंकाकै सुथुली रनसिंघेलाई १५–२१, १५–२१ को नतिजा सुम्पिइन्। छात्रमा सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसँग १५–२१, २१–१४, १८–२१ ले पराजित भए। यू–१७ महिलामा रोजी राई श्रीलंकाकी रनुमी मनागेसँग १६–२१, २१–१८, १५–२१ ले पराजित भइन्। पुरुषको भिडन्तमा कविर केसी श्रीलंकाका थिदासा वेरागोडासँग १२–२१, १९–२१ ले पराजित भए।
यसैगरी यू–१७ पुरुष डबल्समा कविर केसी र अभय महराको जोडीले फाइनलमा स्थान बनाएका छन्। उनीहरूले मालदिभ्सका अजहर मोहमद अयुव र युसुफ मुनाधी माथलुबलाई २१–९, २१–७ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।