बाँसगढी नगरपालिकाका कर्मचारीद्वारा असुरक्षा देखाउँदै कलम बन्द

बाँसगढी नगरपालिकाका कर्मचारीद्वारा असुरक्षा देखाउँदै कलम बन्द
बाँसगढी नगर कार्यपालिकाको कार्यालय बर्दिया तस्बिर : यादव आचार्य।
सुन्नुहोस्

गुलरिया : बर्दियाको बाँसगढी नगरपालिकाका कर्मचारीहरुले पालिकाभित्र शान्ति सुरक्षाको उपयुक्त व्यवस्था नभएको भन्दै कलम बन्द (पेन डाउन) गरेका छन्। कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालसम्मका लागि कलम बन्द गरी ठप्प पारेका छन्।

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले राज्यको रकम हिनामिना गरेको जनगुनासो आएपछि अनुसन्धान अनुसार एकजना कर्मचारीबाट १ लाख ३५ हजार रुपैयाँ लिएको प्रमाण फेला परेको भन्दै सोमबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दियाले बाँसगढी नगरपालिका कार्यालयमा गरेको अपरेशनको भिडियो सहितको स्टाटस सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ। 

अधिकृतमाथि कार्यालयमा अनियमितता गरेको आरोप छ। महिला कर्मचारीहरु प्रति गलत नियतले बोल्ने, पालिकाको सामान खरिदमा चलखेल लगायत आर्थिक, साँस्कृतिक बिचलनका कुरा पार्टीमा आए लगत्तै अधिकृतलाई कुर्सीबाट निकालेर अख्तियारमा बुझाउने शर्तमा प्रहरी प्रशासनमा बुझाइएको उल्लेख गरिएको छ।

सेवा प्रवाहका लागि बाँसगढी नगरपालिका कार्यालयमा शान्ति सुरक्षाको उपयुक्त ब्यवस्था नदेखिएकोले निराधार आरोप लगाउने कर्मचारी र उल्लेखित कार्यमा संलग्न पक्ष उपर कारवाही गरी उपयुक्त शान्ति सुरक्षाको ब्यवस्था नहुँदासम्म हामी कर्मचारीहरु आजका मितिदेखि अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह रोक्दै अनिश्चितकालीन कलम बन्द गर्दछौं। सोमबार प्रकाशित नगरपालिका कार्यालय बाँसगढीका सम्पूर्ण कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ, नगरपालिकाका उद्यम विकास सहजकर्ता समेत मिली निराधार आरोप लगाइ हुलहुज्जत गर्ने कार्य भएकोले प्रचलित कानून बमोजिम दण्डनीय खेदजन्य रहेको स्पष्ट पार्दै बाँसगढी नगरपालिकाका सम्पूर्ण कर्मचारी घोर भर्त्सना गर्दछौं।

घटनाको विषयलाई बाँसगढी नगरकार्यपालिकाले प्रेस विज्ञप्ति मार्फत प्रमुख प्रशासकीय अधिकृतमाथि गरिएको व्यवहार प्रति गम्भीर ध्यानाकर्षण गर्दै कार्यालयको कामकाजमा चित्त नबुझे कानूनी रुपमा अगाडि बढ्न र विधिवत रुपमा आफ्ना कुरा राख्न सक्ने अवस्था हुँदाहुँदै दुःखद गतिविधि भएको जनाएको छ। 

नगरप्रमुख खडकबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा पालिकाको विषयमा फैलिएको अफवाहको पछि नलागी नगरको समृद्धि, सुशासन र विकासको यात्रामा हातेमालो गर्न नगरवासीलाई अनुरोध गरिएको छ। बाँसगढी नगरपालिकामा भएको घटनाबाट सम्पूर्ण कर्मचारीहरु विचलित नभइ उच्च मनोबलका साथ कामकाजमा लाग्न विज्ञप्ती मार्फत जानकारी गराइएको छ। सेवा ठप्प हुँदा स्थानीयहरु प्रभावित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.