गौशाला नगरपालिकाको अडियो प्रकरण

कमिसन प्रकरणले गौशाला नगरपालिकामा तनाव, कार्यपालिकाको बैठक लाइभ गर्न माग

कमिसन प्रकरणले गौशाला नगरपालिकामा तनाव, कार्यपालिकाको बैठक लाइभ गर्न माग
सुन्नुहोस्

गौशाला : महोत्तरीको गौशाला नगरपालिकाको नगर कार्यपालिका परिसर तनावग्रस्त बनेको छ। विकास निर्माणलगायतको विषयमा गौशाला नगरपालिका-१ रामनगरका युवाहरूको समूहले मेयर डा. दीपेन्द्र महतोलाई ज्ञापन पत्र बुझाउन गएका थिए। तर, मेयर आफूसँग भेट्ने समय नरहेको सूचना पठाएपछि ती युवाहरू फर्किएका थिए। 

फर्किएका युवाहरूको समूहसँग मेयर समर्थित  भीडले आक्रमण गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो। अहिले कार्यालय परिसरमा इलाका प्रहरी कार्यालय गौशाला र सशस्त्र प्रहरी सुरक्षा बल रामनगरबाट व्यापक संख्यामा प्रहरी परिचान गरिएको छ। दिउँसो २ बजेका लागि कार्यापालिका बैठक बोलाइएको थियो। 

जनप्रतिनिधिहरूले विकास निर्माणका योजनामा कमिसन लिने गरेको अडियो सार्वजनिक भएपछि स्थानीयहरू आक्रोशित बन्दै आएका छन्।

उपमेयर रेनु कुमारीले केही दिनअघि कर्मचारीलाई दुर्व्यवहार गरेको विषयलाई लिएर तनाव उत्पन्न भएको थियो। त्यसपछि कर्मचारीहरूले सुरक्षाको माग गर्दै काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए। 

लगत्तै कर्मचारी, जनप्रतिनिधिहरूले विकासे योजना कमिसन लिने गरेको अडियो बाहिरिएपछि नगरबासीहरूले पनि कर्माचारी र जनप्रतिनिधिमाथि चासो बढाउँदै आएका छन्। यी विषयलाई लिएर एक सातादेखि गौशाला नगरपालिकामा मेयर, उपमेयर र कर्मचारीबीच विवाद हुँदै आएको छ। त्यस्तै विषयमा छलफल गर्नका लागि आज २ बजे कार्यपालिका बैठक बोलाइएको छ। 

यो पनि पढ्नुस् : स्थानीय तहमा भ्रष्टाचारको बेथिति : मेयरदेखि प्रशासकीय अधिकृतसम्मले यसरी लिन्छन् कमिसन (अडियोसहित)

null

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले कार्यपालिका बैठकका सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताए। 
 
गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारीले नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने मागसमेत गरेकी छन्। तर मेयरले यस विषयमा असहमति जनाएका छन्। बैठकमा विवाद उत्पन्न भएको छ।

‘बहुमतको आडमा आफूलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको छ। कार्यपालिका बैठकमा के भइरहेको छ। कसको गल्ती छ। कसले के गरिरहेका छन्। त्यो सबै जनताले बुझ्न पाउनुपर्छ,’ उपमेयर रेनुले भनिन्।

यसअघिको कार्यपालिका बैठकको निर्णयसमेत सार्वजनिक नभइरहेकोप्रति आपत्ति जनाउँदै कार्यपालिका बैठक लाइभ हुनुपर्ने विषयमा पटक-पटक आवाज उठाउँदा पनि कुनै सुनवाई नभएको उनले बताइन्।

कार्यपालिका बैठक लाइभ हुनुपर्ने विषयमा आज 'बुधबार' पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत सौर्या साहलाई जानकारी गराएको उपमेयर रेनुले सुनाइन्।

‘कार्यपालिका बैठक लाइभ गर्न आज हाकिम सापलाई पनि जानकारी गराएको छु। बैठक अलिक ढिलै भए पनि लाइभ हुनुपर्छ,’ उनले भनिन्,  ‘लाइभको व्यवस्था नगरिए बैठक बहिष्कार गर्छु। उपस्थित हुन्न।’ 

नगरपालिका परिसरभित्र तनाव बढेपछि नगर प्रहरीले मेयरको आदेश भन्दै सञ्चारकर्मीलाई कार्यालयबाट बाहिर निकालेका छन्। बैठकको रिपोर्टिङ गर्न त्यहाँ पुगेका सञ्चारकर्मीहरूलाई बाहिर निकालिँदा उनीहरूको सञ्चार सामग्री भित्रै रहेको नेपाल पत्रकार महासंघ महोत्तरीका सहसचिव रामनारायण महतोले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.