स्थानीय तहमा भ्रष्टाचारको बेथिति : मेयरदेखि प्रशासकीय अधिकृतसम्मले यसरी लिन्छन् कमिसन (अडियोसहित)

स्थानीय तहमा भ्रष्टाचारको बेथिति : मेयरदेखि प्रशासकीय अधिकृतसम्मले यसरी लिन्छन् कमिसन (अडियोसहित)
फाइल तस्बिर
सुन्नुहोस्

जनकपुरधाम : गौशाला नगरपालिकामा मेयरदेखि कर्मचारीसम्मले कमिसन खाने गरेको अडियो सार्वजनिक भएको छ। गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुमारी महतोले र प्राविधिक शाखाका प्रमुख इन्जिनियर अजय यादवसँगको वार्तालापमा कमिशनको कुरा बाहिर आएको हो।

उपभोक्ता समिति तथा ठेकेदारहरूले काम दिने गरेबापत नगरपालिकाका मेयर डा. दीपेन्द्र महतो, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसी, इन्जिनियर अजयकुमार यादव, लेखा अधिकृत सञ्जिव बराल, योजना शाखाबाट विपिन आचार्यसहितका कर्मचारीहरूले कमिसन लिने गरेको खुलेको हो। अन्नपूर्णलाई अडियोमा उपमेयर महतोले कमिसन बाँडफाँड कसरी हुन्छ भन्ने जिज्ञासा राखेकी थिइन्। 

प्राविधिक शाखाका प्रमुख अजयकुमार यादवसँग गरेको कामको कमिसन क-कस लिएको छ? को-को कहाँ कसरी कसरी जान्छ भन्ने प्रश्नमा इन्जिनियर यादवले सबै कर्मचारीले कमिसन पाउने गरेको खुलाएका हुन्। अडियोमा सार्वजनिक भएपछि उपमेयरले कार्यकक्षमा बोलाएर इन्जिनियरलाई अनुगमन विनै भुक्तानि भएको फाइलको पीसी कसरी बाँड्ने गरेको भनी खुलाएका छन्।

अन्नपूर्णको प्रश्नमा उपमेयर महतोले आफ्नो कार्यकक्षमा इन्जिनियरलाई योजनाको फाइलहरू तथा कामको बारेमा सोध्दा सबै कुरा स्वीकार गरेका थिए। गौशाला नगरपालिकाको मेयरदेखि हाकिम तथा शाखा प्रमुखले कमिसन (घुस) खाने गरेको अडियो सार्वजनिक भएको हो। 
 
पछिल्लो समयमा केही कर्मचारीबीच कमिसनको कुरा नमिल्दा अडियो सार्वजनिक भएको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए। उनले भने, ‘केही दिनदेखि कर्मचारीले ताला लगाएर प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीको निवासमै कार्यालय सञ्चालन गरेको छ।’

गौशाला नगरपालिकाको तर्फबाट उपभोक्ता समिति तथा ठेकेदारसँग कमिसनको बार्गेनिङ इन्जिनियर यादवले नै गर्ने गरेको स्रोतको भनाइ छ। उनले नै उपभोक्ता समितिलाई बोलाउने र कमिसन लेनदेन तथा बाँडफाँड गर्ने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.