नाम : रामकुमार श्रेष्ठ
संस्था : पर्यटन तथा नागरिक उड्डयन,शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालय
मुद्दा दर्ता : २०७८ फागुन १५
मुद्दाको अवस्था : विचाराधीन
पूर्वमन्त्री रामकुमार श्रेष्ठले साढे चार करोड बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्धा दायर भएको थियो । श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री बनेका थिए । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दावी छ । उनले ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
पूर्वसचिव एवम् पूर्वमन्त्री श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले अस्वाभाविक सम्पत्ति आर्जन गरी उच्च जीवनस्तर यापन गरेको अख्तियारको दावी छ । उनले अवैध रूपमा कमाएको सम्पत्तिबाट श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नामसमेत राखेका छन्। सार्वजनिक सेवाको शिक्षक पदबाट मिति २०२६ चैत १८ गतेदेखि सेवामा प्रवेश गरी २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भएका थिए ।
विभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भई २०६४ माघ ८ देखि अनिवार्य अवकाश पाएको थिए। सरकारी जागिरबाट अवकाश भएपछि र २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रालयको मन्त्रीसमेत भएका थिए। उनको मुद्दा विशेषमा नै छ।