विशेषबाट भ्रष्टाचारी, सर्वोच्चबाट सफाइ
अवकाशको तीन वर्षपछि पोखरेलविरुद्ध अख्तियारले २०६० मंसिर ८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरेलकी पत्नी झुमा पोखरेल र छोरी रोमिला पोखरेललाई प्रतिवादी बनाएको थियो।
पूर्वगृहसचिव पदमप्रसाद पोखरेल। उनी लामो समय गृह प्रशासनमा रहे। लामो समय गृह प्रशासनमा रहेका पूर्वगृहसचिव पोखरेलले १ करोड ५१ लाख ३८ हजार अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो।
अवकाशको तीन वर्षपछि पोखरेलविरुद्ध अख्तियारले २०६० मंसिर ८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरेलकी पत्नी झुमा पोखरेल र छोरी रोमिला पोखरेललाई प्रतिवादी बनाएको थियो। विशेषले भ्रष्टाचार निवारण ऐन २०१७ मा टेकेर हदम्यादको कारण देखाउँदै मुद्दाको तथ्यमा नै प्रवेश नगरी खारेज गरिदिएको थियो।
विशेष अदालतले २०६९ असोज १८ गते भ्रष्टाचारी ठहर गरी डेढ वर्ष कैद र ५८ लाख ५९ हजार ७ सय ८५ रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो।