निगममा शर्माको रजगज

निगममा शर्माको रजगज
फाइल तस्बिर।
सुन्नुहोस्

उनले १ करोड १ लाख ४५ हजार रुपैयाँ अकुत कमाएको अख्तियारको दाबी छ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाका तत्कालीन प्रमुखसमेत रहेका शर्मालाई अख्तियारले रातारात करोडौं सम्पत्तिको मालिक बनेको आरोप लगाएको थियो।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्मालाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा लागेको थियो। उनीविरुद्ध अख्तियारले २०६० कार्तिक ७ मा मुद्दा चलाइको थियो।

उनले १ करोड १ लाख ४५ हजार रुपैयाँ अकुत कमाएको अख्तियारको दाबी छ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाका तत्कालीन प्रमुखसमेत रहेका शर्मालाई अख्तियारले रातारात करोडौं सम्पत्तिको मालिक बनेको आरोप लगाएको थियो। 

भ्रष्टाचार मुद्दामा विशेष अदालतले २०६४ पुस २७ मा शर्मालाई सफाइ दिएको थियो। सफाइका विरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो।सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको थियो। तर, यो मुद्दा अहिलेसम्म टुगिंएको छैन। 

पूर्वमहाप्रबन्धक मदनराज २ करोडको आरोप 

नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक मदनराज शर्मालाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले २०६० सालमा नै मुद्दा हालेको थियो। २०६० फागुन १२ गते अख्तियारले उनीविरुद्ध २ करोड ४६ लाख ८ हजार अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा चलाएको थियो।

मदनराजले तीन पटक निगमको नेतृत्व गरेका थिए। विषेशले शर्मालाई अकुत सम्पतिको मुद्दामा २०६८ भदौ २८ गते दोषी ठहर गरेको थियो। विषेशको फैसलाविरुद्ध शर्माले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर विशेषको फैसलालाई उल्टयाउँदै सर्वोच्चले उनलाई सफाई दिएको थियो।  

सर्वोच्चका न्यायाधीशद्वय दिपकराज जोशी र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले शर्मालाई सफाइ दिएको थियो। तर बैंकमा आफ्नो नाममा रहेको नगद दुई करोड १६ लाख रुपैयाँ रातरात झिकी लुकाएको अख्तियारको आरोप थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.