उच्चस्तरीय जाँचबुझ आयोग गठन

सुन तस्करी प्रकरण : संवेदनशील विषयमा ठट्टा नगर्न कांग्रेस महामन्त्रीलाई एमाले उपमहासचिवको चेतावनी

सुन तस्करी प्रकरण : संवेदनशील विषयमा ठट्टा नगर्न कांग्रेस महामन्त्रीलाई एमाले उपमहासचिवको चेतावनी
विष्णु रिमाल र विश्वप्रकाश शर्मा
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उच्चस्तरीय जाँचबुझ आयोग गठनको सहमतिलाई ठट्टा नसम्झन चेतावनी दिएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले छानबिन आयोग बन्ने सहमतिलाई ठट्टा गर्दा महंगो पर्ने चेतावनी दिएका छन्। 

विश्वप्रकाश शर्माको नाम नलिई रिमालले सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले 'सहमति विपक्षलाई छक्याउने रंगिन टालो' भन्दै बिल्ला हान्नुले साथीहरुको नियतमा खोट भएको टिप्पणी गरे।

सुन तस्करीको विषयमा छानबीन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न बुधबार दलहरुबीच सहमति भएको थियो। सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच भएको सहमतिमा असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्ने उल्लेख छ।

बुधबार संसद बैठकबाट बाहिरिँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका थिए।

‘साउनमा सुन पक्राउ पर्‍यो, हैन भदौमा सहमति भयो, असोजमा छानबिन समिति बन्यो भनेपछि त्यसले के बुझियो भने यो प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरियो।’ शर्माले भनेका थिए ‘तर, रंगिन टालो भनिराखेर पनि म भनिरहन्न चाहन्न। सबै दलबीच भएको कुरा सकारात्मक रुपमा लिनुपर्छ। साउनमा पक्राउ परेको सुनको सन्दर्भमा चाहिँ सिआईबीले जुन छानबिन गरिरहेको थियो छ, त्योलाई अघि बढाउने कुरामा अन्ततः प्रतिपक्ष सहमत भएर आयो।’

शर्माको भनाईप्रति रिमालले आपत्ति जनाएका हुन्। रिमालले बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजीकरणमा परिवारका मानिस नै तम्सिएको र चुरोट त सुन पो रहेछ भन्ने सूचना लिक हुँदा नहुँदै सुन गायब पारिएको दाबी गरे। उनले गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारी कै सांसदले संसद अवरोध हुनु संयोग मात्र नभएको बताए।

यस्तो छ रिमालको स्टाटस

मित्रहरु, संवेदनशील विषयमा “ठट्टा” नगरौं कि!
एयरपोर्टमा कार्यरत सबै निकायले नसमातेको क्विन्टल सुन राजश्व अनुसन्धान विभागले समायो।
बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’ किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजिकरणमा परिवारका मानिस नै तम्सिएको समाचार बाहिरियो। “चुरोट त सुन पो रहेछ भन्ने सुचना लिक हुँदा नहुँदै समातिएको मध्ये केही सुन गायब पारियो... !

यी सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारी कै सांसद उफारी संसद अबरोध हुनु संयोग मात्र थिएन । 
अन्तत: छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै “प्रभावशाली” भनिने नेताले “सहमति विपक्षलाई छक्याउने रंगिन टालो” भन्दै बिल्ला हान्नुले प्रष्ट हुन्छ– साथीहरुको नियतमा कहिँ न कहिँ खोट छ। 
अहिले यत्ति चाँहि भनौं- मित्रहरु, यस्तो संवेदनशील विषयमा “ठट्टा” नगरौं, महँगो पर्छ है?

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.