३३ कित्ता जग्गा खरिद
काफ्लेले २०५४ पुस १ देखि २०७६ वैशाख ३० सम्मको सेवा अवधिमा १ करोड ७४ लाख १४ हजार वैध आयआर्जन गरेको देखिएको छ। उनलाई २०८० असार २२ मा सफाइ दिएको थियो।
नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले अकुत कमाइबाट ३३ कित्ता जग्गा किनेको भेटिएको छ। उनले साढे ५ करोड अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ।
२२ वर्ष सार्वजनिक सेवामा रहेका उनले ७ करोड १७ लाख ४१ हजार कमाएको देखिएको छ। जसमा १ करोड ७४ लाख १४ हजारको मात्रै स्रोत खुलेको छ। काफ्लेले अवैध रूपमा कमाएको सम्पत्ति उनकी श्रीमती सुशीलाको नाममा ३३ कित्ताभन्दा बढी जग्गाजमिन खरिद गर्दा रजिस्ट्रेसन लिखतमा वास्तविक भुक्तानी मूल्यभन्दा न्यून रकम देखाई जग्गाधनीलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा भेटिएको थियो।
काफ्लेले २०५४ पुस १ देखि २०७६ वैशाख ३० सम्मको सेवा अवधिमा १ करोड ७४ लाख १४ हजार वैध आयआर्जन गरेको देखिएको छ। उनलाई २०८० असार २२ मा सफाइ दिएको थियो।