बालिका बलात्कारको घटना ४ लाखमा मिलापत्र

बालिका बलात्कारको घटना ४ लाखमा मिलापत्र
सांकेतिक तस्बिर।
सुन्नुहोस्

धरान : संखुवासभाको पाँचखपन–६ मा वाना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठले ८ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारपछि वडाअध्यक्षसहितका स्थानीयले पीडित परिवारलाई ४ लाख रुपैयाँँ दिएर घटना मिलापत्र गरेको श्रोतले जनाएको छ। 

श्रेष्ठले महिना दिन अगाडि बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेपछि गाँउभरी हल्ला फैलिएको थियो। हल्ला फैलिनेवित्तिकै वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ सहितका भद्रभलादमी बसेर पीडित परिवारलाई दबाबमा पारेर बालिका बलात्कार जस्तो जघन्य अपराधको घटना मिलापत्र गराइएको हो। 

बालिका बलात्कार आरोपित श्रेष्ठले वडाध्यक्षकै रोहवरमा पीडित परिवारलाई ४ लाख रुपैयाँ दिएर बलात्कार जस्तो जघन्य अपराधका अभियुक्तलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने गैरकानुनी काम गरेको एक स्थानीयले बताए। उनले गाँउका अन्य सर्वसाधारणलाईसमेत दबाबमा राखेर यो घटनाको कसैले कतै कुरा नगर्ने भन्दै दबाब दिएको बताए। 

पाँचखपन–६ का वडासदस्य रामबहादुर मगरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बालिका बलात्कार गरेको घटना स्थानीय जनप्रतिनिधिकै रोहबरमा मिलापत्र गराइएको पुष्टि गरे। उनले बालिका बलात्कार जस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्न श्रेष्ठलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न माग गरेका छन्। 

श्रेष्ठका अनुसार बलात्कारपछि बालिकालाई उनकी आमाले तत्काल काठमाडौं लगेर उपचार गराएकी अर्का एक स्थानीयले बताए। बलात्कार घटना रकम लेनदेनमा मिलापत्र गराएपछि आरोपित श्रेष्ठ भने खुलेआम हिँडिरहेको स्थानीयको गुनासो छ। नेकपा एमाले पाँचखपन नगर कमिटीका अध्यक्ष गोपाल श्रेष्ठले बलात्कार आरोपित श्रेष्ठ र मिलापत्र गराउने सबैलाई पक्राउ गरि कानुनी कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.