नक्कली सुनका गहना दिएर ठगी गरेको आरोपमा महिला पक्राउ

नक्कली सुनका गहना दिएर ठगी गरेको आरोपमा महिला पक्राउ
सुन्नुहोस्

बागलुङ : बागलुङमा नक्कली सुनका गहना दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली सुनका गहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मिना केसी खड्कालाई बुधबार पक्राउ गरेको हो।  

मिनाले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा पैसा आवश्यक परेका भन्दै आफूसँग भएको गरगहनाहरू दिएर सोही ठाउँका सूर्यबहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। 

मिनाले फेरी पनि पैसा आवश्यक परेको भन्दै २०७९ फागुनमा थप गरगहना राखेर दुई लाख रुपैयाँ सापटी दिन सूर्यसँग माग गरेकी थिइन। पटक पटक गहना दिँदै रकम मागेपछि खड्काले सुनका गहना नहुन सक्ने अनुमान गर्दै १८ लाख रुपैयाँ दिने बेलासम्मका गहनाहरूसहित थप दुई लाख रुपैयाँ माग्ने बेलासम्मका गहनाहरू सुनचाँदी पसलमा जाँच गराउँदा नक्कली भएको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए।

उजुरीका आधारमा मिनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले बताए। उनले बागलुङ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।

बागलुङ प्रहरीले सुनका गरगहनाहरू भनी नक्कली गरगहनाहरू देखाई रकम ठगी गर्ने व्यक्तिबाट जोगिनका लागि अनुरोध गर्दै बिलको लेनदेनबिना गरगहनाको कारोबार नगर्न तथा सुनको नाममा ठगी गरेको शङ्का लागेमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.