दूषित पानी समुद्रमा फालेपछि जापानमा विरोध

दूषित पानी समुद्रमा फालेपछि जापानमा विरोध
सुन्नुहोस्

जापान : जापान सरकारले बिहीबारदेखि परमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्न सुरु गरेसँगै आन्दोलन चर्किएको छ। 

जापानको उक्त निर्णयसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरूले विरोध जनाएका छन्। मंगलबार बसेको जापानको मन्त्रीपरिषद्को बैठकले बिहीबारदेखि परमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्ने निर्णय गरेको थियो।


प्रशान्त महासागरसँग जोडिने देश तथा स्थानीयहरूले विरोध जनाउँदासमेत जापान सरकारले सो निर्णय गरेपछि आन्दोलन झनै चर्किएको हो। 

साथै, सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले समेत विरोध गर्दै प्रदर्शन गरिरहेका छन्। जापानले बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको थियो। टेप्कोका अनुसार पहिलो चरणमा १७ दिनभित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताएको छ। दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरू छन्, जसले समुद्री वातावरण र मानव स्वास्थ्यका लागि असर गर्छ। 

जापानको यो कदमसँगै छिमेकी र प्रशान्त टापुका देशहरू आक्रोशित बनेका छन्। जापानको छिमेकी मूलुक चीनले त्यहाँ उत्पादित हुने सबै सामुद्रिक उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ। 

समुद्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरूका साथै मत्स्य व्यवसायी र स्थानीयहरूले सरकारको निर्णयको विरोध गरिरहेका छन्। 

जापानी सरकारले परमाणु दूषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरूले विरोध जनाउँदै आन्दोलनसमेत गरेका छन्। उनीहरूले जापानका प्रधानमन्त्रीको सरकारी निवास अगाडिसमेत विरोध प्रदर्शन गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.