ललिता निवास जग्गा प्रकरणमा प्रतिवादीहरूविरुद्ध लगाइएको ८३३ पेजको अभियोगपत्रमा के छ?
काठमाडौं : ललिता निवासको जग्गा हिनामिना गर्ने २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालयले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सचिव कृष्णबहादुर राउत, दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैधलगायत २९० जना विरुद्ध मुद्दा दायर गरेको हो।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले उनीहरू विरुद्ध सरकारी कीर्तेमा मुद्दा चलाएको हो। वकिल कार्यालयले सरकारी किर्ते कसुरअन्तर्गत २९० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
यस्तो छ प्रतिवादीहरूविरुद्ध लगाइएको अभियोगपत्र