बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
विराटनगर : बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको केराबारीबाट एक जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । केराबारी गाउँपालिका–५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार लिम्बूविरुद्ध किटानी जाहेरी परेपछि राति १० बजेतिर घरैबाट पक्राउ गरिएको हो ।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । इन्सपेक्टर तेज दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाउने छ । ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।