बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य चुलिँदै, मार खेप्दै उपभोक्ता

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य चुलिँदै, मार खेप्दै उपभोक्ता
सुन्नुहोस्

गुल्मी : मालिका गाउँपालिका- ७ घमिरकी सावित्रा लम्साल विगत ५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास बजारमा डेरा लिएर बस्दै आएकी छन्। उनीसँग डेरामा भाई पनि बस्छन्। 

उनी बिहानको समयमा क्याम्पस जान्छिन्। क्याम्पसबाट फर्केर बजार जाने उपभोग्य वस्तु किनमेल गर्ने, पकाउने, खुवाउने र भाइ स्कुल लैजाने र ल्याउनेमै उनको दैनिकी बित्छ। उनका भाईले सदरमुकामस्थित एक सरकारी विद्यालयमा पढ्छन्। लम्सालका बुबाआमा गाउँमै कृषि कर्म गर्छिन्। गाउँघरमा मेलापात गरेर उनीहरुलाई बजार राख्ने,पढाउने र घर खर्च चलाउँदै आएका छन्। 

बजारमा दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धि भएपछि आफू बजारमा सामान किनमेल गर्न पहिलेभन्दा कम जाने गरेको उनी बताउँछिन्। ‘आजभोली बजारमा मुल्य बढेर केहि किनिसक्नु छैन्, त्यसैले पहिले जस्तो बजार जान्न।’उनी भन्छिन्,‘बजारमा खानेतेल दाल,खाद्यान्न मात्रै तरकारी र फलफूलको भाउ समेत बढेको छ त्यसैले केहि किनिसक्नु छैन।’

उनी जस्तै इश्मा गाउँपालिका - १ हस्तिचौरकी विनिता थापा केही वर्षदेखि तम्घास डेरा लिएर बस्दै आएकी छन्। उनका श्रीमान् परदेश छन्। उनले बजारमा बसेर निजी विद्यालयमा छोरी पढाउँछिन्। बजारमा दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धि भएपछि छोरी पढाई र दैनिकी चलाउन हम्मेहम्ने भएको उनको भनाई छ। ‘छोरीको पढाई र घरखर्च धान्न श्रीमान् परदेश हुनुहुन्छ तर बजारमा सबैथोकको मुल्य बढेपछि खर्च धान्नै गाह्रो भएको छ।’थापा भन्छिन्, ‘देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किदैँ गएको खबर सुन्छु त्यसैले बजारमा सामानको भाउले आकाश छोएको होला।’

बजारमा मंगीको पिडा खेप्ने सावित्रा र विनिता त उदाहरण पात्र मात्रै हुन्। उनीहरु जस्तै गाउँदेखि शहरसम्म दैनिक उपभोग गर्ने वस्तुको मुल्यवृद्धिले सर्वसाधारणलाई अर्को समस्या निम्ताएको छ। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमै मुल्यवृद्धिको मार खेप्न आम सर्वसाधारण बाध्य छन्। 

पछिल्लो समय दैनिक उपभोग गर्ने वस्तुको मूल्य आकासिदै गएपछि दैनिक ज्याला मजदूरी गरेर दैनिकी चलाउने अवस्था अझ कमजोर बन्दै गएको छ। तम्घास बजारलगायत आसपासका क्षेत्रमा दैनिक भान्सामा प्रयोग हुने खानेतेल दाल, खाद्यान्न मात्रै तरकारी र फलफूलको भाउ बढेपछि उपभोक्ताले गुनासो गर्ने गरेका छन्। केही दिन यता तम्घास बजारमा टमाटर प्रतिकेजी ९० रुपैयाँ, गोलभेडा प्रतिकेजी ९० रुपैयाँ , जिरा प्रतिकिलो १ हजार ४ सय, प्याज ९० रुपैयाँ , सोस्ता प्रतिकेजी १ सय २० रुपैयाँमा बिक्री भइरहेको छ। 

छिमेकी मुलुक भारतमा टमाटर निर्यात भएपछि बजारमा मुल्य बढेको थियो। तर, अहिले भारतबाट नेपालमा आयात हुन थालेपछि केहि कम भएको तरकारी तथा फलफूल व्यवसायी कृष्ण पन्थीले बताए। उपभोक्ताको माग अनुसारको कृषकले तरकारी र फलफूलको उत्पादन बढाउन नसक्दा बजारमा दैनिक उपभोग्य वस्तुको भाउ दिनहुँ बढ्दै गएको व्यवसायी पन्थी बताउँछन्।

भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको दैनिक उपभोग्य सामानको मूल्य बढाएको उपभोक्ताको आरोप छ। तरकारी, फलफूल मात्रै नभई खाद्यान्नमा समेत मुल्यवृद्धि भएको छ। २० किलो प्रतिबोरा चामलमा तीन सय रुपैयाँसम्म बढेको छ। तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन। लामो मेहनतबाट कृषकले कृषि उपज उत्पादन गर्ने तर बजारमा व्यापारीले उचित मूल्य नदिँदा कृषकसमेत मारेमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.