आधुनिक दुःख
एक एक अक्षरहरू खोजेर
मोनिटरमा एउटा नाम तयार भयो
पिठ्यूँमा सानो
नानी बोकेर
गाउँको बाटो
हिँड्दै गरेकी
एउटी उदास युवती प्रिन्ट भइन्
ए फोर साइजको फोटोकपी पेपरमा।
केही हप्ताअघि अफलाइन म्यासेज छोडेर
युरोपको कुनै भव्य सहरतिर घुम्न निस्किएको
एक अपरिचित मित्रको म्यासेज हेर्दै थिएँ।
लगत्तै दोस्रो प्रिन्ट आयो
कम्मरमा डोरी, हातमा बु्रस लिएर माउसुली झैं
खाडी ओठको अठारौं तला रंग्याउँदै गरेको
म आफैं प्रिन्ट भएछु
ए फोर साइजको फोटोकपी पेपरमा।