ताप्लेजुङ गोल्डकप, पथरी अन्तिम चारमा

ताप्लेजुङ गोल्डकप, पथरी अन्तिम चारमा
सुन्नुहोस्

ताप्लेजुङ : पथरी–११ फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २–० गोलले पराजित गर्दै पथरीले अन्तिम चारको यात्रा तय गरेको हो। पथरीलाई जित दिलाउन दीपक राई र निरज परियारले एक-एक गोल गरेका थिए।

खेलको ३८औं मिनेटमा दीपक राईले गोल गर्दै पथरीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनको लङ रेन्ज प्रहारले सिधै जाली चुमेको थियो। ४६औं मिनेटमा निरज परियारले गोल गर्दै पथरीको अग्रता दोब्बर बनाएका थिए। कर्नरबाट आएको बललाई हेड गोल गरेका थिए। शनिबारको खेलको म्यान अफ दी म्याच निरज नै घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाए। पथरीले सेमिफाइनलमा जुट विकास फुटबल एकेडेमी इटहरीको सामना गर्नेछ। आइतबार हुने अन्तिम क्वार्टर खेलमा रेडस्टार फुटबल क्लब बिर्तामोड झापा र युनाइटेड खर्साङ फुटबल क्लब दार्जीलिङबीच खेल हुनेछ।

सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिता गत बिहीबारबाट सुरु भएको हो। लाखे जात्राको अवसर पारेर २०२९ सालदेखि सुरु भएको प्रतियोगितालाई यस वर्षबाट ताप्लेजुङ गोल्डकपका रुपमा सञ्चालन गरिएको हो।

भदौ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको  विजेताले तीन लाख ११ हजार एक ११ रुपैयाँ पुरस्कार पाउने छ। यस्तै उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.