कोशी प्रदेश नामकरणविरुद्ध काठमाडौंमा विरोध
ललितपुरको जावलाखेलमा उनीहरुले प्रदेशको नाम कोशी खारेज गनुपर्ने, ऐतिहासिक पहिचानका आधारमा लिम्वुवान किरात कायम गर्नुपर्ने भन्दै सडकमा नै किरात थाक्थुङ चुम्लुङको ३५ औै स्थापना दिवस मनाएका हुन् ।
काठमाडौं : कोशी प्रदेश नामकरणविरुद्ध काठमाडौंमा किराँत समूदायले विरोध स्वरुप किरात थाक्थुङ चुम्लुङको स्थापना दिवस मनाएका छन् ।
ललितपुरको जावलाखेलमा उनीहरुले प्रदेशको नाम कोशी खारेज गनुपर्ने, ऐतिहासिक पहिचानका आधारमा लिम्वुवान किरात कायम गर्नुपर्ने भन्दै सडकमा नै किरात थाक्थुङ चुम्लुङको ३५ औै स्थापना दिवस मनाएका हुन् ।
सांस्कृतिक पहिचानसहित भेला भएका उनीहरुले १ नम्बर प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने मुख्य माग रहेको जनाएका छन् । राज्यले आफुहरुमाथि विभेदकारी नीति लिएको र पहिचान मास्ने काम गरेकाले लोकसांस्कृतिक बाजासहित बाध्य भएर स्थापना दिवस मनाउनुपरेको उनीहरुले बताएका छन् ।
त्यस्तै उनीहरुले पहिचानका आधारमा प्रदेशको नामाकरण नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरुले कोशी नाम खारेज गर, सबैखाले विभेदकारी कानूनहरु खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।