मोरङबाट खैरो हेरोइनसहित चार जना पक्राउ

मोरङबाट खैरो हेरोइनसहित चार जना पक्राउ
सुन्नुहोस्

विराटनगर : लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित मोरङबाट चार जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-१९ तरहरा घर भइ उर्लाबारी नगरपालिका-३ मा डेरा गरी बस्ने २४ वर्षीय जीवन विश्वकर्मा, मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का ४० वर्षीय सञ्जय सहनी, १९ वर्षीय मिथुन मण्डल र २५ वर्षीय रामकुमार सहनी रहेका छन्। उनीहरुलाई उर्लाबारी-३ मंगलबारेबाट पक्राउ गरिएको दाहालले बताए। 

विश्वकर्माको कोठाबाट खैरो हेरोइन किनबेच भइरहेको विशेष सूचना प्रहरीलाई पुगेको थियो। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पुगेको टोलीले बिहान ८ बजेतिर विश्वकर्माको कोठामा छापा हानेको हो। 

खानतलासी गर्दा कोठाभित्र खाटको सिरानीमुनि कागजमा बेरेर राखेको अवस्थामा ३ सय ९० मिलिग्राम खैरो हेरोइन फेला परेको जानकारी डीएसपी दाहालले दिए। 

उनका अनुसार लागूऔषधको खरिद बिक्रीमा संलग्न चारै जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.