शुक्रबारदेखि वर्डक्याम्प काठमाडौं आयोजना हुँदै

शुक्रबारदेखि वर्डक्याम्प काठमाडौं आयोजना हुँदै
सुन्नुहोस्

काठमाडौं : आइटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वर्डक्याम्प काठमाडौं आयोजना हुने भएको छ। नेपाल वर्डप्रेस कम्युनिटीले भदौ २२ र २३ गते आयोजना गर्ने कार्यक्रममा डेभलपर, डिजाइनर, ब्लगर वा प्लेटफर्मको असीमित सम्भावनाका विषयमा बहस हुने छ। 

अन्वेषण गर्ने प्रयोगकर्ता र वर्डप्रेसको बारेमा जान्न चाहने सबैका लागि कार्यक्रम उपयोगी हुने सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासदेखि व्यावहारिक वेव डेभलपमेन्ट प्रविधिहरू, सामग्री सिर्जना (कन्टेन्ट क्रिएट) रणनीतिहरू प्रयोगकर्ता-केन्द्रित डिजाइन सिद्धान्तहरू, सर्च इन्जिन अप्टिमाइजेसनदेखि ई-कमर्ससम्बन्धी सत्रसमेत सञ्चालन हुने आयोजकले बताएको छ। 

व्यावहारिक ज्ञान र काम लाग्ने शिक्षा प्रदान गर्नु नै वर्डक्याम्प काठमाडौंको मूल उद्देश्य रहेको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। वर्डप्रेसमा आफ्नो कौशल बृद्धि गर्न खोज्ने सिकारूदेखि सीमित घेराभन्दा बाहिर रहन खोज्ने अनुभवी विशेषज्ञका लागि समेत यो कार्यक्रम सिक्न, बढ्न र जोडिनका लागि आदर्श प्लेटफर्म हुने आयोजकको दाबी छ।

'वर्डक्याम्प काठमाडौं २०२३ शैक्षिक सत्रहरूको बारेमा मात्र नभई कार्यक्रमले समुदाय र सहयोगको भावनालाई बढावा दिनेछ। यसले सहभागीहरूलाई वर्डप्रेस उत्साहीहरूसँग जोडिन, विचारहरू आदानप्रदान गर्न र अर्थपूर्ण छलफलमा सहभागी हुने सुनौलो अवसर पनि हो,' आयोजकले पत्रकार सम्मेलनमा भने।

कार्यक्रमको पहिलो दिन वर्डप्रेस ‘इको सिस्टम’लाई कसरी स्थापित गर्ने, नयाँ कुरा कसरी सिक्नेजस्ता विषय समावेश गरिएको छ। उक्त सेसनमा सहभागीहरूले आफ्ना अनुभव साटासाट गर्न सक्नेछन्। दोस्रो दिन, सिकारु र अनुभवी डेभलपरहरूका लागि अनुकूल शैलीका सत्रहरू राखिएको आयोजकले जनाएको छ। त्यस्तै कार्यक्रममा वर्डप्रेससँग सम्बन्धित प्यानल छलफल पनि हुनेछन्। नेपालमा वर्डप्रेस कम्युनिटीले २०१२ देखि निरन्तर वर्डक्याम्प गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.