दूध र मासुबाटै एन्टिबायोटिक

दूध र मासुबाटै एन्टिबायोटिक
सुन्नुहोस्

मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ ।

मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ । त्यसमाथि अचेल मानव शरीर औषधोपचारले पनि निको नहुने अवस्थामा पुग्दैछ । त्यसको कारण प्रतिजैविक औषधि अर्थात् एन्टिबायोटिकको प्रयोग हो । सामान्य सञ्चो नहुँदा पनि धेरै डोजको एन्टिबायोटिक सेवन वा प्रयोग गर्दै अरू बेला सामान्य औषधिले पनि काम नगर्ने हुँदै गइरहेको छ । त्यस्तो अवस्थालाई एन्टिबायोटिक्स रेसिस्टेन्स भनिन्छ । पछिल्लो समय मानिसको मृत्युको मुख्य कारण असाध्य रोगहरूमात्रै नभई एन्टिबायोटिक्स रेजिस्टेन्स पनि हुन थालेको विश्व स्वास्थ्य संगठनकै भनाइ छ । औषधिहरूको जथाभावी सेवनबाट मात्रै मानव शरीरमा एन्टिबायोटिक्स प्रवेश गर्दैन । अर्काे माध्यम खाना हो ।

दूध र मासुजस्ता खाद्यपदार्थबाट समेत मानव शरीरमा एन्टिबायोटिक्स प्रवेश भइरहेको छ । व्यावसायिक रूपमा कुखुरापालन गर्दा कुखुरालाई रोगबाट बचाउन र रोग नलागोस् भनेर एन्टिबायोटिक्स दिने गरिन्छ । अर्काेतिर दानामै समेत एन्टिबायोटिक्स हुन्छ र त्यो कुखुरा वा गाईभैंसीलाई खुवाउँदा तिनको शरीरमा जान्छ । अनि फेरि मासु र दूध हुँदै मानव शरीरमा आउँछ । दूध र मासुकै परीक्षणबाट तिनमा एन्टिबायोटिक्सको अवशेष भेटिएको छ । अर्काेतिर एन्टिबायोटिक्सको आयातको बढ्दो मात्राले पनि यसको प्रयोग दर्शाउँछ । सन् २०२० मा ७ हजार २ सय किलो एमोक्सिसिलिन नामको एन्टिबायोटिक नेपाल आयात भएको थियो, जब कि पाँच वर्षअघि त्यसको आधामात्रै आयात हुन्थ्यो । कुखुरा, गाई, बंगुरहुँदै अचेल बाख्रापालनमा पनि एन्टिबायोटिक्स प्रयोग हुन थालेको राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्रकै विज्ञहरू बताउँछन् ।

जलवायु परिवर्तनका कारण पशुपन्छीको स्वास्थ्यमा पनि नकारात्मक असर पर्दै गएको छ र तिनको स्वास्थ्योपचारमा एन्टिबायोटिक्सको प्रयोग वृद्धि भएको छ । खासमा थुनेलोको उपचार गर्न एन्टिबायोटिक्स प्रयोग गरिएको गाईको दूध केही दिन खानु हुँदैन । एन्टिबायोटिक्स दिइएका कुखुरा पनि दुई साताजस्तो पछि मात्रै मासुका लागि प्रयोग गरिनुपर्छ । तर नेपालका डेरीहरूमा दूधमा एन्टिबायोटिक्सको अवशेष जाँच्ने विधि प्रयोग गरिन्न । जुन गरिनुपर्छ । मासु तथा दूध हरेकमा एन्टिबायोटिक्सको अवशेष शून्य रहेको सुनिश्चितता गर्ने विधि बसाल्न राज्यले नियमन कडा गर्नुपर्छ । त्यस्तो विधि बसाल्नुपर्छ । उपभोक्ता सचेत हुनुपर्ने त छँदैछ । तर जथाभावी भइरहन दिने हो भने यसले ढिलोचाँडो भयावह सिर्जना गर्ने नै छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.