केही महिनामै कांग्रेसको प्रधानमन्त्री हुन्छ : गगन थापा

केही महिनामै कांग्रेसको प्रधानमन्त्री हुन्छ : गगन थापा
सुन्नुहोस्

बागलुङ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही महिनापछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका छन्। मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस अहिले सरकारमा रहेको र केही महिनामा कांग्रेसकै प्रधानमन्त्री हुने बताए। 

उनले २०८० मा सरकारमा भएर २०८४ को चुनावको लागि चिन्ता गर्नु अनुपयुक्त र असान्दर्भिक भएको बताए। ‘हामी २०८४ को चिन्ता गर्छौं जो आएकै छैन। २०८० मा तीन तहको सरकारमा कांग्रेस नै सरकारमा छ। सात प्रदेशमध्ये चार प्रदेशमा मुख्यमन्त्री कांग्रेसकै छन्। केन्द्रमा पनि कांग्रेस सरकारमै छ। केही महिना पछि हाम्रो प्रधानमन्त्री बन्दैछ। धेरै स्थानीय तहमा वडा तहसम्म नै कांग्रेस बढी छ। दायाँ ठोकिए मेयरसँग र बायाँ ठोकिए उपमेयरसँग नै ठोकिन्छ। हातमा समय साढे चार वर्ष छ। चुनाव किन जितेको भन्दा सरकारमा पुग्नलाई। सरकारमा अहिले बसिरहेको छ अनि रुवाबासी कहिलेको छ भन्दा २०८४ को सरकार बन्दैन भनेर,' उनले भने। 
 

उनले हालः सरकारमा नभएकाले २०८४ को चिन्ता गर्ने र चाडो आइदियोस् भनेमा जायज हुने बताए।  महामन्त्री थापाले २०८४ लाई नसम्झी काम गर्न अनुरोध गरे। ‘२०८४ को चिन्ता गर्नु उपयुक्त होइन,’ महामन्त्री थापाले भने,‘अहिले काम गर्ने समय हो। २०८४ लाई नसम्झी काम गरौँ। अहिलेको सरकारको गौरवको बारेमा चिन्ता नगरेर बन्दै नबनेको २०८४ को बारेमा चिन्ता गर्नु जायज होइन।’

महामन्त्री थापाले माओवादीको युद्धको कारण देशले २०४६ सालपछिको ३० वर्ष खेर फालेको बताए। ‘नेपाललाई चाहिँदैन नचाहिएको माओवादीको युद्ध हामीले व्यहोर्नुपर्‍यो,’ महामन्त्री थापाले भने, ‘जुन युद्धको कारणले पहिलो युद्ध, युद्धलाई सम्हाल्नको लागि आन्दोलनमा, संक्रमण र शान्तिको खोजीमा हाम्रो ३० वर्षको समय खेर गर्‍यो। उनले नेपालले २०८० मा देशको विकासको लागि अन्तिम मौका पाएको बताउँदै यो गुमाएमा धेरै महँगो पर्ने बताए। 

उनले नेपालमा शान्ति र व्यवस्था रहेको बताउँदै छिमेकमा पनि विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र रहेको बताउँदै ठूला देशको बीचमा रहेको नेपालले गति र लय समान्त सकेमा ठूलो लाभ लिनसक्ने बताए। उनले अहिले देश युवा रहेको र १८, २० वर्षमा बुढो हुने बताउँदै अहिले नगरे पछि गाह्रो हुने बताए। ‘देश पनि मान्छे जस्तो हुन्छ। नेपाल अहिले युवा छ। नेपालमा जनसंख्या पनि युवाको धेरै छ। यो लामो समय रहँदैन। अहिले हामी धनि भएनौं र खुतुत्रे भर्न सकेनौं भने पछि धेरै गाह्रो हुन्छ,' उनले भने।

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टचा विरुद्ध लडिरहँदा सरकार ढाल्ने षड्यन्त्र हुँदैछ भन्ने अभिव्यक्ति माथि प्रश्न गरेका छन्। ‘सरकार नेपाली कांग्रेसका सांसदहरुको मत दिएर बनेको हो। कांग्रेसले संस्थागत निर्णय गरेको छः भ्रष्टचारविरुद्धको अभियानमा कांग्रेसको सतप्रतिशत साथ र समर्थन रहन्छ,’ उनले भने, ‘भ्रष्टचार विरुद्धको अभियानमा साथ र समर्थन दिने कांग्रेस, कांग्रेसको समर्थनबाट बनेको यो सरकार। अनि सरकारको प्रधानमन्त्रीले म र मेरो पार्टी यो अभियानमा लागेका छौं तर मलाई सरकारबाट हटाउन खोजिएको छ भन्ने? कसले हटाउन खोजेको छ। एमालेले हटाएर त प्रधानमन्त्री हट्नु हुँदैन। प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेसले हटाए मात्र हाट्ने होनी। हाम्रो समर्थनमा प्रधानमन्त्री बनाएको हो। हामीले विश्वास छैन भनेको दिन उहाँ प्रधानमन्त्री रहनुहुँदैन। उहाँले बताउँन खोजेको र भन्न खोजेको कुरा के हो? उहाँलाई मेरो प्रश्न हो।'

२०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन नगर्ने दाबीसमेत गरे। ‘सबै सिट गुमाएर चकटीमा बस्नु परोस्, तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन गरिँदैन,’ उनले भने, ‘सबै कम्युनिस्ट मिलून्, स्वन्तत्रहरू पनि मिलून् तर कांग्रेस एक्लै लड्छ।’ त्यतिन्जेल एक्लै लड्न सक्ने कांग्रेस बनाउनेसमेत उनले दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.