काठमाडौंमा टुटल सेवा पुनः सुरु

काठमाडौंमा टुटल सेवा पुनः सुरु
सुन्नुहोस्

नेपालको स्वदेशी राइड सेयरिङ प्लेटफर्म टुटलले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित अनुभव सुनिश्चित गर्नुको महत्त्व बुझेको छ।

काठमाडौं : काठमाडौं उपत्यकामा धेरैको मन जितेको नेपालको पहिलो राइड–सेयरिङ प्लेटफर्म टुटलको, नयाँ व्यवस्थापन र सुधारका साथ पुनरआगमनको घोषणा भएको छ। राइड–सेयरिङको निमित्त तयार गरिएको नयाँ एपमार्फत टुटलको सञ्चालन हुनेछ।

काठमाडौंको व्यस्त सडकमा मानिस आवतजावतको माध्यममा क्रान्ति ल्याउने लक्ष्य लिएर पुनः कल्पना गरिएको टुटलले अपेक्षाहरू पार गरी आधुनिक यातायातको नयाँ आयाम सिर्जना गर्न अग्रसर रहनेछ।

प्रयोगकर्ता र राइडरको सुरक्षाको महत्त्वलाई विशेष ध्यान दिइएको छ। नेपालको स्वदेशी राइड सेयरिङ प्लेटफर्म टुटलले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित अनुभव सुनिश्चित गर्नुको महत्त्व बुझेको छ। 

इभर र ग्राहकलाई बिमा र सुरक्षा कभरेज प्रदान गर्न शिखर इन्स्योरेन्ससँग विशेष साझेदारी गरिएको छ। ‘सहरी आवागमनलाई रूपान्तरण गर्ने नयाँ जोसका साथ टुटललाई पुनः प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौं,’ ज्याप सर्भिसेजका प्रमुख कार्यकारी सञ्चालक र सहसंस्थापक श्रेयस कृष्ण श्रेष्ठले भने, ‘हाम्रो नयाँ व्यवस्थापन टोलीले प्रयोगकर्ताको सन्तुष्टि र सुविधालाई अग्रस्थानमा राखेर, नयाँ अनुभव दिने गरी एप तयार गरेको छ। प्रयोगकर्ताको आवश्यकतालाई राम्ररी बुझ्ने र अनुमान गर्ने उत्कृष्ट राइड–सेयरिङ सेवा प्रदान गर्ने हाम्रो समर्पणलाई टुटलको पुनरुत्थानले प्रतिनिधित्व गर्दछ।’

कम्पनीले प्राविधिक पूर्वाधारलाई परिष्कृत गर्न, सञ्चालनलाई सुव्यवस्थित गर्न, र राइडर र प्रयोगकर्ता दुवैबाट बहुमूल्य प्रतिक्रिया समावेश गर्नमा ध्यान केन्द्रित गरी सबै सरोकारवालालाई थप सहज, भरपर्दो र सुविधायुक्त अनुभव प्रदान गर्न नयाँ एप तयार गरेको हो।

टुटलको नयाँ सुरुवातको रूपमा, टुटल ड्राइभर एप सेप्टेम्बर १, २०२३ बाट डाउनलोड गरी ड्राइभरले आफूलाई दर्ता गर्नको लागि उपलब्ध छ। टुटलमार्फत सवारीहरू लिन टुटल ग्राहक एप सेप्टेम्बर ६, २०२३ देखि डाउनलोडको लागि उपलब्ध हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.