छात्रमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

छात्रमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

धरान  : बाल यौन दुर्व्यवहार आरोपमा धरानमा एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका-१५ मा रहेको केके इन्टरनेसनल बोर्डिङ स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीण अग्रवाल पक्राउ परेका हुन् । आफ्नै विद्यालयमा अध्यनरत १२ वर्षीय छात्रमाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा धरान प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो।

अग्रवालले बालकमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले बताए । उनले पीडित बालकका अभिभावकले दिएको उजुरीको आधारमा पक्राउ गरेको बताएका  छन् । 

उनले घटनाको विषयमा थप अनुसन्धान भइरहेको  जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.