वीरगन्जमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

वीरगन्जमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सांकेतिक तस्बिर।

प्रहरीका अनुसार बुधबार राति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

वीरगन्ज : वीरगन्जमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवास्थित नापी शाखा अगाडिको सडकमा बुधबार राति ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत बिहारका सिमरी मधुवनी घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुधबार राति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक वीरगन्ज १५ मुर्ली निवासी ४५ वर्षीय अशोक महतोलाई उपचारपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.