प्राकृतिक सुन्दरताको अनुपम तिम्बुङ पोखरी (फोटोफिचर)

प्राकृतिक सुन्दरताको अनुपम तिम्बुङ पोखरी (फोटोफिचर)

पाँचथर : चिसो सिरेटोले शरीरलाई लुगलुग कमाउनुअघि तिम्बुङ पोखरीको अनुपम दृश्यले मन पुलकित पारिसक्छ। तिम्बुङ शान्त छ। सफा छ। सुन्दर छ। मनमोहक छ। अनुपम अनि अलौकिक पनि छ। तिम्बुङ एउटा सुन्दरताको कुमारी गन्तव्य हो। तिम्बुङ दर्शन गर्ने जो कोहीको मन पुलकित हुन्छ। 

नीलो कञ्चन, सन्दिग्ध पोखरी, जसलाई कडा चट्टानले घेरेर सुरक्षित गरेको छ। नीलो आकाश पानीमा टल्कन्छ। भित्ताको अजंगको पहाड पोखरीमा ऐनाझै देखिन्छ। यतिले मात्र तिम्बुङको पहिचान कहाँ हन्छ र ? सफा पोखरीको सुन्दरताले पुग्ने सबैको मन लोभ्याउँछ।

तिम्बुङ दर्शन गरेपछि फिदिमका धनकुमार लावतीले पोखरीलाई स्वर्गको एक टुक्रासँग तुलना गरे। ‘नपुगेको, नदेखेको स्वर्गको के बयान गरुँ ! स्वर्ग त यहिँ कतै छ, केवल महशुस गर्न सक्नुपर्छ,’ लावतीले भने ‘तिम्बुङ पोखरी स्वर्गको एउटा टुक्रा हो।’

क्षणभरमै बादल लुकामारी खेल्न आइपुग्छ। मौसम नखुल्दा घुर्मैलो पछ्यौरीले अनुहार छोपेको परिवेशमा तिम्बुङलाई देखिन्छ। पोखरीको दर्शन गर्न बिहानको समय उपयुक्त हुने पर्यटन व्यवसायी अमिर राई बताउँछन्। ‘बिहानीपख मौसम खुल्ने गरेको छ,’ राईले भने ‘मौसम खुलेको बेला पोखरीको सुन्दरतामा रमाउन सकिन्छ। दृश्यपान गरेर चरम आनन्द लिन सकिन्छ।’ 

चार हजार तीन सय ३५ मिटरको उचाइमा तिम्बुङ अवस्थित छ। नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रूपमा यसलाई चिनिन्छ। घुमन्तेहरूका लागि तिम्बुङ सपनाको गन्तव्य हो। तिम्बुङ नेपालको भर्जिन पदमार्ग सहितको पर्यटकीय गन्तव्य हो। पूर्वकै गहनाका रूपमा रहेको तिम्बूङलाई नेपाल सरकारले घोषणा गरेका मुख्य सय वटा पर्यटकीय गन्तव्यमा समेटिएको छ। यो क्षेत्र साहसिक पदयात्राको गन्तव्य पनि हो। 

यो क्षेत्रमा लोपन्मुख प्रजातिका केन्जो, माइकोपिला लगायतका वनस्पति पाइन्छ। जटामसी, बुकीफुल लगायतका फूलहरूले यो क्षेत्रलाई सजिसजाउ गरेका छन्। 

यो क्षेत्र पदयात्राका रुपमा विकास हुँदै गएको छ। यहाँ चौरी भेडिगोठ भेन्टिन्छन्। पछिल्लो समयमा होमस्टेहरू निर्माण भइरहेका छन्। होमस्टे र चौँरी गोठमा बास बस्नुपर्छ। ट्रयाकिङ रुटलाई व्यवस्थित गरिँदैछ।  

यो क्षेत्रमा पदयात्राका लागि साउनदेखि मंसिरसम्म उपयुक्त मानिन्छ। तर, पर्यटन व्यवसायीहरू बाह्रै महिना पदयात्रा गराउन सकिने बताउँछन्। पाँचथरको याङ्वरक र ताप्लेलुङको सिदिङ्वा गाउँपालिकाको सीमाक्षेत्रमा तिम्बुङ अवस्थित छ। यहाँ प्रकृतिसँग विचरण गर्न मिल्छ। 

तिम्बुङ जान पाँचथर सदरमुकाम फिदिमदेखि याङ्वरक गाउँपालिकाको बेतेनीसम्म गाडीमा जान सकिन्छ। त्यहाँदेखि गाडी छाडेर दुई दिनको पदयात्रापछि तिम्बुङ पुग्न सकिन्छ। 

तिम्बुङ जाँदा हिमाल र उच्च पहाडका मनोरम दृश्यहरू देख्न सकिन्छ। स्थानीय उत्पादन र गोठमा बनेका परिकारहरूको स्वाद चाख्न पाइन्छ। पर्यटनको प्रचुर सम्भावना बोकेको तिम्बुको विकासका लागि एउटा गुरुयोजनाको खाँचो छ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnull​​​​​​​

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.