विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा (फोटोफिचर)

विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा (फोटोफिचर)
सुन्नुहोस्

विराटनगर : विराटनगरमा ऐतिहासिक गौरवको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ३:४५ बजेतिर रथयात्रा निकालिएको हो। 

विराटनगरको धार्मिक एवं सांस्कृतिक पहिचानसँग जोडिएको रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकाल्ने परम्परा छ। हजारौं भक्तजनको उपस्थितिमा राधा र कृष्णको युगल जोडीसहितको रथलाई विराटनगर बजार परिक्रम गराइँदै छ। रथयात्राका लागि गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष  चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै मन्दिर परिसरसम्मको ‘रुट’ तय गरिएको छ। 

रथयात्रामा नेपाल तथा भारतका श्रद्धाजु भक्तजनहरुको घुइँचो लागेको छ। भक्तजनहरु राधाकृष्णको महिमा र भजन गाउँदै रथयात्रामा सहभागी बनेका छन्। यात्रालाई सुरक्षित एवं व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

रथ २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको छ। भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ। दायाँतर्फबाट पुरुष तथा बायाँतर्फबाट महिलाले रथ तानिरहेका छन्।  

विभिन्न ६० वटा झाँकीसहितको रथयात्रा हर्षोल्लासाथ निकालिएको छ। रथलाई ४३ स्थानमा विश्राम दिइने छ। विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित हजारौं भक्तजनको उपस्थितिले रथयात्रा भव्य बनेको छ। 

विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’बाट प्रारम्भ भएको रथयात्रालाई विराटनगरको एउटा उत्सव एवं पहिचानसँग समेत जोडेर हेर्ने गरिएको छ। ‘खटयात्रा’लाई २०२५ सालदेखि रथयात्रामा रूपान्तरण गरिएको हो। 
nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.