सबालेन्का सेमीमा

सबालेन्का सेमीमा

न्युयोर्क : विश्व नम्बर एक आर्यना सबालेन्का अमेरिकी (यूएस) टेनिसको सेमिफाइनलमा पुगेकी छन्। महिला टेनिसको शीर्ष वरीयतामा फर्किन लागेकी बेलारुसकी टेनिस स्टार सबालेन्काले चिनियाँ खेलाडी झेङ किनवेनलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन्। यूएस ओपनमा इगा स्विटेकले पराजय बेहोरेपछि दोस्रो वरीयताकी सबालेन्का विश्व नम्बर एक बन्न लागेकी हुन्। उनी यूएस ओपनपछि विश्व नम्बर एक बन्नेछिन्।

बिहीबार भएको एकपक्षीय खेलमा सबालेन्काले चीनकी किनवेनलाई ६–१, ६–४ ले पाखा लगाइन्। सबालेन्काको ध्यान अब न्युयोर्कमा यूएस ओपनको उपाधि जित्नु हो। न्युयोर्कमा उनी अहिलेसम्म फाइनलमा पुग्न सकेकी छैनन्। सबालेन्काले सेमिफाइनलमा अमेरिकाकी म्याडिसन किजको सामना गर्नेछिन्। सन् २०१७ को यूएस ओपनकी उपविजेता किजले चेक रिपब्लिककी विम्बल्डन च्याम्पियन मार्केटा भोन्द्रोसोभालाई ६–१, ६–४ ले पराजित गरेकी थिइन्।

‘मैले आज निकै राम्रो खेल खेलें। आफ्नो खेल देखेर म निकै खुसी छु’, सबालेन्काले खेलपछि भनिन्, ‘मैले यो लयलाई सेमिफाइनल र फाइनलमा पनि दोहो¥याउने छु। सेमिफाइनलमा उत्कृष्ट खेल पस्किने ठूलो मौका आएको छ।’ सबालेन्का यसअघि यूएस ओपनको सेमिफाइनलबाट अघि बढ्न सकेकी छैनन्। यसअघि उनी क्यानडाकी लेयला फर्नान्डिज र पोल्यान्डकी इगा स्विटेकसँग पराजित भएकी थिइन्। ‘मैले यी हारलाई बिर्सिएको छैन। पहिलेको सेमिफाइनल खेलबाट मैले धेरै कुरा सिकेकी छु। खेलसँगै आफ्नो शारीरिक क्षमतामा पनि विशेष ध्यान केन्द्रित गरेकी छु’, सबालेन्काले भनिन्, ‘अहिले कोर्टमा थाक्ने समस्या पनि कम भएको छ। अब म जस्तोसुकै प्रतिस्पर्धाका लागि पनि तयार छु।’ यससँगै यूएस ओपनको महिला एकतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ। अर्को सेमिफाइनलमा अमेरिकाकी कोको गौफले चेक रिपब्लिककी क्यारोलिना मुचोवाको सामना गर्नेछिन्।  –एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.