पढाइपछि करियर र रोजगारी ग्यारेन्टी गरौं

पढाइपछि करियर र रोजगारी ग्यारेन्टी गरौं

 ज्ञानीशोभा तुलाधर, संस्थापक प्रधानाध्यापक, नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी)

विद्यार्थीहरू बिदेसिनुको प्रमुख कारण के देख्नुहुन्छ ?
शिक्षाको गुणस्तर, विभिन्न पाठ्यक्रमहरू र विशेषज्ञताहरू जुन स्वदेशमा उपलब्ध नहुन सक्छ, पढाइपछि राम्रो काम वा क्यारियर अवसरहरू, उच्च गुणस्तरको जीवन, व्यक्तिगत वृद्धि र स्वतन्त्रताको भावना, सांस्कृतिक अनुभव र यात्रामार्फत विश्वव्यापी एक्सपोजरको अवसर, केही देशमा शिक्षा हासिल गर्न सस्तो हुनाले, पढाइपछि राम्रो आर्थिक अवसरहरू र वित्तीय स्थिरता, पढ्ने देशको सबल राजनीतिक, सामाजिक र आर्थिक स्थिरता, पढाइपछि स्थायी बसोबासको अवसर जस्त कारणले विद्यार्थीहरू बिदेसिने गरेका छन्।

अध्ययनका नाममा ठूलो धनराशि बिदेसिएको छ। यसलाई स्वदेशमै रोक्नका के–के गर्नुपर्ला ?
सरकारी लगानी, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विविध र विशेष शैक्षिक कार्यक्रम, उद्योग–शिक्षा सहकार्य, अनुसन्धान र नवीनत प्रवद्र्धन, छात्रवृत्ति सहयोग, करियर विकास सेवा, अन्तर्राष्ट्रिय संस्थासँग विश्वव्यापी सहकार्य स्थापना, पढाइपछि करियकरको अवसर र रोजगारी ग्यारेन्टी, औद्योगिक विकास र उद्योग स्थापनामार्फत नीति निर्माता र शैक्षिक संस्थाले विद्यार्थीलाई आफ्नै देशभित्र थप शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने वातावरण सिर्जना गर्न सकिएला।

तपाईंकै कलेजमा किन पढ्ने ?
नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी) नेपालमा फेसनको ५० वर्षभन्दा लामो इतिहास बोकेको ‘नमुना’ ब्रान्डको विस्तार हो। एनसीएफटी नेपालको पहिलो फेसन कलेज हो। देशमा शैक्षिक फेसन शिक्षाको प्रारम्भकर्ता र अग्रगामी हो। एनसीएफटीले सन् २००२ मा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा ३ वर्षे (६ सेमेस्टर)को ब्याचलर अफ फेसन डिजाइन कार्यक्रमको साथ फेसनमा नेपालको पहिलो ब्याचलर कोर्स सुरु ग¥यो। २०१६ मा एनसीएफटीले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धनमा ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्ट (बीएफडीएम) कार्यक्रमको साथ फेसनमा नेपालको एकमात्र ४ वर्षे (८ सेमेस्टर) स्नातक पाठ्यक्रम सुरु ग¥यो।

घरेलुदेखि अन्तर्राष्ट्रिय फेसन बजारसम्म आफूलाई उपयोगी, विस्तारित र प्रतिस्पर्धी बन्न सक्षम बनाउने बहुआयामिक पाठ्यक्रम, अनुभवी, दक्ष एवम् व्यावसायिक व्यक्तिको उत्कृष्ट फ्याकल्टी समूह, अन्तर्राष्ट्रिय स्तरको सिकाइ पद्धति, सुविधासम्पन्न उत्कृष्ट पूर्वाधार, आधुनिक एवम् प्रविधिमैत्री सिकाइ, फेसन क्षेत्रका प्रतिष्ठित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्था एवम् व्यक्तिसँगको पारस्परिक सम्बन्धले एनसीएफटीका विशेषतालाई उजागर गर्छ।

एनसीएफटीको बीएफडीएम कार्यक्रम उद्योगको रचनात्मक र गतिशील आवश्यकतासँग मेल खाने कला, विज्ञान, प्रविधि र व्यवस्थापनको समिश्रण हो जसले विद्यार्थीलाई यस क्षेत्रमा व्यावसायिक सफलताका लागि तयार गर्छ। यसले विद्यार्थीलाई फेसनको सैद्धान्तिक, व्यावहारिक, प्राविधिक र व्यवस्थापन पक्षमा डिजाइन अवधारणादेखि उत्पादन र तिनीहरूको डिजाइनको मार्केटिङ र इभेन्ट तथा फेसन व्यवसाय व्यवस्थापनको विषयमा विस्तारित रूपमा अध्यापन गराउँछ।

एनसीएफटीले शैक्षिक उत्कृष्टता मात्र नभई विद्यार्थीको व्यक्तिगत र रचनात्मक विकासमा पनि प्रभावकारी भूमिका खेल्छ। जसअन्तर्गत विद्यार्थीहरूले अध्ययनकै समयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका फेसनसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी भई आफ्नो सिकाइलाई व्यावहारिक रूपमा अझ सशक्त रुपमा निखार्ने अवसर प्राप्त गर्छन्। 

कलेजमै सञ्चालन हुने आन्तरिक प्रतिस्पर्धाहरू र विभिन्न पाठ्यक्रमअन्तर्गत प्राक्टिकल कार्यको प्रदर्शन, औद्योगिक भ्रमणहरू र डिजाइन कार्यशालाहरूले विद्यार्थीको सिकाइ अझ प्रभावकारी बनाउने गर्दछ। यसबाहेक विद्यार्थीलाई विषयगत बहुमूल्य अन्तरदृष्टि र प्रेरणा प्रदान गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्वबाट अतिथि लेक्चरहरू पनि सञ्चालन गर्ने गरिएको छ।

कुनै पनि शैक्षिक संस्थाको सफलता यसको ग्र्याजुएटहरूको सफलताबाट मापन गरिन्छ र हामी विद्यार्थीलाई अग्रणी फेसन उद्यमी र क्यारियर प्रोफेसनलमा ढाल्ने हाम्रो उत्कृष्ट ट्र्याक रेकर्डमा गर्व गर्छौं। हाल एनसीएफटी ग्र्याजुएटहरू फेसनको विभिन्न आयाममा आफूलाई व्यावसायिक एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिरपरिचित गराउन सक्षम भएका छन्। 

अहिले नेपाली फेसन बजारमा चर्चित फेसन उद्यमीदेखि फेसन डिजाइनर, चलचित्र एवम् म्युजिक भिडियो का कस्ट्युम डिजाइनरदेखि मर्कान्डाइजर, मिस नेपाल विजेतादेखि विभिन्न क्षेत्रका सेलिब्रेटीका वार्डरोब डिजाइनरदेखि फेसन इन्स्टिच्युटका सञ्चालक, स्टाइलिस्टदेखि बुटिक एवम् फेसन स्टुडियोका सञ्चालक, मोडल, फेसन विषयका फ्याकल्टीदेखि फेसन कार्यक्रमको आयोजक व्यवस्थापकसम्मको विविध क्षेत्रमा यस कलेजका ग्र्याजुएटको उल्लेखनीय र गर्व गर्न लायकको उपस्थिति रहेको छ। 

एनसीएफटीका १० जना ग्र्याजुएटले आफ्नो शैक्षिक उपलब्धिहरूका लागि नेपाल सरकार र पूर्वाञ्चल विश्वविद्यालयबाट प्रतिष्ठित शैक्षिक पुरस्कारहरू पनि प्राप्त गरेका छन्। एनसीएफटी ग्र्याजुएटले थप अध्ययन पछि अमेरिका, अस्ट्रेलिया, फ्रान्स, जापान र भारतका प्रतिष्ठित कलेज र विश्वविद्यालयबाट मास्टर्स गरेका छन्। एनसीएफटीका ग्र्याजुएटले संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, इंग्ल्यान्ड र चीनमा पनि आफ्नो उत्कृष्ट फेसन सिर्जनालाई प्रदर्शन गरिसकेका छन्।

एनसीएफटीका बलियो उद्योग लिंकेजले गर्दा विद्यार्थीले अन्तर्राष्ट्रिय ट्रेड सेन्टर जेनेभा, नेपाल पस्मिना उद्योग संघ, द ब्रिटिस काउन्सिल नेपाल, पिडिलाइट इन्डस्ट्रिज इन्डिया, गार्मेन्ट एसोसिएसन अफ नेपाल, होक्काइडो ड्रेस मेकर कलेज जापान, भाटभटेनी होल्डिङ कम्पनी, द हिडेन ट्रेजरलगायतका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने अवसर पनि प्राप्त गरेका छन्।

एनसीएफटीललाई हायर एजुकेसन रिभ्यु, भारतद्वारा ‘इन्टरनेसनल कलेज अफ द इयर २०२२’ र आइब्राक एसियाद्वारा दोस्रो वार्षिक वल्र्ड सिग्नेचर अवार्ड २०२३ मा (नेपाल) को सबैभन्दा प्रख्यात फेसन डिजाइनिङ संस्थाको रूपमा सम्मान प्राप्त भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.